बाढीले केरल जलमग्न

बाढीले केरल जलमग्न

तिरुवनन्तपुरम : भारतको केरल राज्य बाढीले जलमग्न भएको छ। १४ जिल्लामध्ये ११ जिल्लामा उच्च तहको सुरक्षा चेतावनी दिइएको छ। कैयौं क्षेत्रमा घरका छत पनि पानीले डुबाएका छन्। सडकमा डुंगा चलाइएको छ। बाढी पहिरोका कारण पशुपक्षी पनि मर्न थालेका छन्। राष्ट्रिय विपद् प्रतिक्रिया बलले ठाउँ ठाउँमा उद्धारलाई निरन्तरता दिएको छ। सेनाले शनिबार १० हजारभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थलमा लगेको छ।

कैयौं ठाउँमा हेलिकप्टरबाट छतमा सैनिक उतारिएको छ। तिरुवनन्तपुरम, कसारागोड र कोल्लम तीन जिल्लामा मात्रै उच्च तहको चेतावनी दिइएको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार केरलको निरीक्षण गरेका थिए।

राज्यका मुख्यमन्त्री पिनाराई विजयनले बाढीबाट १ खर्ब ९५ अर्ब १२ करोड भारतीय रुपैयाँ बराबरको क्षति भएको बताएका छन्। प्रधानमन्त्रीले घोषणा गरेको सहयोग रकम निकै कम भएको उनले गुनासो गरेका छन्। केन्द्रका साथै दिल्ली, हरियाणा, बिहार, झारखण्ड, कर्नाटक, गुजरात, महाराष्ट्र, उडिसा र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूले पनि केरललाई सहयोग दिने घोषणा गरेका छन्।

आम आदमी पार्टीका सबै नेताले आ–आफ्नो एक महिनाको तलब केरलमा बाढीपीडितलाई दिने घोषणा गरेका छन्। कांग्रेस आईले पनि बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ। उत्तर प्रदेशले १५ करोड, महाराष्ट्रले २० करोड दिने भएका छन्। यसैगरी मध्य प्रदेश, दिल्ली, बिहार, गुजरात र हरियाणाले १०÷१० करोड दिने घोषणा गरेका छन् भने उडिसा र झारखण्डले ५÷५ करोड रुपैयाँ पदने भएका छन्।

बाढीपहिरो प्रभावित केरल राज्यमा भारतीय रेलवे सेवाले ७ लाख लिटर पिउने पानी भएको छ। पुणेबाट पिउने पानी बोकेको विशेष रेल केरलतर्फ प्रस्थान गरेको अधिकारीले जनाएका छन्।

विपद् प्रतिक्रिया बलका महानिर्देशक सञ्जय कुमारले ५८ वटा टोलीलाई आठवटा जिल्लामा तैनाथ गरिएको जानकारी दिएका छन्। बाढीपहिरोबाट ५० हजार परिवारका करिब २ लाख २३ लाख व्यक्ति घरबारविहीन भएका छन्। उनीहरूले राज्य सञ्चालित १ हजार ५६८ शिविरमा आ श्रय लिइरहेका छन्।

कर्नाटकमा ११ हजार व्यक्ति घरबारविहीन हुन पुगेका छन्। केरलका मुख्‍यमन्त्री एचडी कुमारस्‍वामीले उक्त जानकारी दिएका छन्। बाढीपहिरोका कारण कैयौं सडक ध्वस्त भएका छन्। कर्नाटक एकातिर बाढीपहिरोले पीडित छ भने कैयौं भाग खडेरीले सुक्खाग्रस्त छन्। कर्नाटकमा १६ जिल्लालाई सुक्खा प्रभावित घोषणा गर्ने राज्य सरकारले तयारी गरिरहेको छ।

बाढी प्रभावितलाई राहत घोषणा

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावितलाई राहत रकमको घोषणा गरेका छन्।बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री मोदीले निधन भएकाको परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँको दरले राहत रकम दिने घोषणा गरेका हुन्। उनले बाढी पहिरोबाट घाइते भएकालाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने पनि बताएका छन्।

उनीहरूलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत रकम उपलब्ध गराउने व्यवस्था गरिएको मोदीको भनाइ छ। प्रधानमन्त्री मोदीले केरलका लागि पाँच अर्ब सहायता रकमको घोषणा यसअघि नै गरिसकेका छन्। केरलका मुख्यमन्त्री पिनारायी विजयनलगायतका उच्च पदस्थ व्यक्तिसँगको समीक्षा बैठकमा प्रधानमन्त्री मोदीले आफ्ना तर्फबाट उक्त सहायता रकम दिने घोषणा गरेका हुन्। केरलका केही जिल्लामा परेको अबिरल वर्षापछिको बाढी र पहिरोको कारण कम्तीमा तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ।

शताब्दीकै खराब भनिएको बाढीका कारण केरलका १३ ओटा जिल्ला अझै पनि खतराको स्थितिमा रहेको अधिकारीले जानकारी दिएका छन्। उद्धारका लागि सैनिक, नौसेना, तटीय गार्डलगायत थप मानवीय शक्ति र हेलिकप्टरको पनि बन्दोबस्त गरिएको उनीहरूको भनाइ छ। उद्धारकर्ताले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.