मोटरसाइकल र बस ठोक्किँदा एकको मृत्यु, घाइतेलाई काठमाडौं लगियो

मोटरसाइकल र बस ठोक्किँदा एकको मृत्यु, घाइतेलाई काठमाडौं लगियो

महोत्तरी : जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर ३ मा यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। वीपी राजमार्गस्थित बर्दिवास नगरपालिका ३ कालापानीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नेत्रबहादुर स्माली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दिवासबाट यात्रु बोकेर सिन्धुली जाँदै गरेको ना ३ ख ९९९९ नम्बरको बस र सिन्धुलीको भिमानबाट बर्दिवास आउँदै गरेको ज ११ प ५५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दिवास ३ पर्साही धाप बस्ने ३५ वर्षीय स्माली मगरलाई उपचारका लागि जनसेवा अस्पताल लैँजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी हवल्दार टिका हाइयुले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा सवार सिन्धुलीको कमलामाइ नगरपालिका ११ बस्ने इन्द्रबहादुर आले घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.