एसियाड: फुटबलतर्फको अन्तिम खेलमा पनि नेपाल पराजित

एसियाड: फुटबलतर्फको अन्तिम खेलमा पनि नेपाल पराजित

काठमाडौँ: इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। जापान र भियतनामसँग पराजित हुँदै यसअघि नै समूह चरणबाट बाहिरिए नेपाल पाकिस्तानसँग पनि पराजित भएको हो । 

आत्मघाती गोल उपहार पाएर अग्रता बनाएको नेपालले अन्तिममा लय गुमाउँदा २-१ ले पराजित हुन बाध्य भएको हो । पछाडि परेको अवस्था उल्ट्उने क्रममा पाकिस्तानका लागि खेलको ५५ औँ मिनेटमा मुहम्मद बिलाल र ७२ औँ मिनेटमा सदम हुसैनले निर्णायक गोल गरे । 

त्यसअघि नेपालले खेलको १२ औँ मिनेटमा पाकिस्तानका खेलाडी युनस साहबजको गोलमा नेपालले अग्रता बनाएको थियो । योसँगै नेपालले आफ्नो समूहका सबै तीनै खेलमा पराजित हुँदै घरको यात्रा तय गरेको हो । 

यसअघि समूह चरणको पहिलो खेलमा बलियो टोली जापानलाई कडा टक्कर दिएको नेपालले १-० को हार भोगेको थियो । समूह चरणको दोस्रो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजित भएको थियो । त्यससँगै नेपाल अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको थियो । 

एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको समूह डि मा नेपालसहित जापान, भियतनाम र पाकिस्तानसँग रहेका थिए। पाकिस्तानले जित निकाले पनि यो समूहबाट शीर्ष दुई टोली जापान र भियतनाम अघिल्लो चरणमा पुगेका छन् । 

नेपाली टोली तीन महिना लामो घरेलु तयारी गरेर थाइल्यान्ड हुँदै एसियाडमा सहभागी हुन इन्डोनेसिया पुगेको थियो । नेपालले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । नेपाल दुईवटै अभ्यास खेलमा पनि पराजित भएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.