लाखाै‌ंको आैषधि खेर

लाखाै‌ंको आैषधि खेर

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको छेउमै जिल्ला स्वास्थ्य कार्यालयको नयाँ भवन बन्दै छ । निकै ढिलासुस्ती र अस्तव्यस्त तरिकाले निर्माणाधीन भवनको झ्याल, ढोका, शौचालय तथा भवन फिनिसिङलगायत सबै काम बाँकी छन् । तर, ह्वाङ परेको भवनभित्र र बाहिर जथाभावी निर्माण सामग्री फालिएको छ । भवनको पहिलो तलाभित्र छिर्दा हिउँदको हिउँ र वर्षाको पानीले भिजेका निर्माण सामग्री र ओसिलो कोठामा रहेको फोहोर निकै गन्हाउँछ । त्यसैमा झन् दोस्रो तलाको दुई कोठामा लथालिंग फालिएको म्याद गुज्रिएको औषधि गन्हाएर मुखै छोप्नुपर्ने अवस्था छ । निर्माणाधीन भवनभित्र रहेको फोहोर र म्याद गुज्रिएको औषधि गन्हाएर कामदारलाई खपिनसक्नु अवस्था छ तर कामदार भने त्यसैमा सहेर काम गर्न बाध्य छन् । यसअघि भाडाको घरमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालयले आफ्नो भवन नबन्दै म्याद गुज्रिएको औषधि नयाँ भवनमा स्टोर गर्न खोजेपछि यस्तो समस्या आएको हो । अहिले त्यहाँ लाखौं मूल्यको करिब एक गाडी म्याद गुज्रिएको औषधि लथालिंग फालिएको छ ।

ठेकेदारको लापरवाही र ढिलासुस्तीका कारण समयमै भवन नबनेपछि आधा निर्माण भएकै भवनमा सो औषधि राख्नुपरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तर, नागरिकले भने भवनभित्र लाखौंको औषधि जथाभावी फालेको देखेपछि व्यापक आलोचनासमेत गरेका छन् ।

जिल्लाका स्वास्थ्य संस्थामा उपचार गर्न गएका बिरामीले सिटामोलसम्म नपाएर रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन् । स्थानीय तह सञ्चालनपछि मात्र होइन, वर्षौंदेखि यहाँका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदै आएको छ । तर, हरेक वर्ष स्वास्थ्य संस्थामा बारम्बार औषधि अभाव हुनु र जिल्ला स्वास्थ्य कार्यालयको स्टोरमा औषधि म्याद गुज्रिएर थन्किनुको तालमेल भने पटक्कै मिल्दैन ।

म्याद गुज्रिएको औषधि दुई दशकयताकै भएको जिल्ला स्वास्थ्य कार्यालयको दाबी छ ।

कसरी गुज्रियो म्याद ?

म्याद गुज्रिएको लाखांै मूल्यको औषधि धेरै वर्ष अगाडिको रहेको जनस्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले दाबी गरे । म्याद गुज्रिएको सो औषधि धेरै वर्षदेखि स्टोरमा थन्किएको उनले स्विकारे । एक, दुई वर्षमै यति ठूलो परिमाणको औषधि म्याद नसकिने भन्दै अलिअलि गर्दै धेरै वर्षभित्र म्याद गुज्रेको औषधि एकै पटक ठूलो परिमाणमा देखिएको उनको भनाइ छ । म्याद गुज्रेको सबै औषधि आर्थिक वर्ष ०७३ भन्दा पहिलेको रहेको उनले बताए ।

‘दुई वर्षयता जिल्लामा औषधि अभाव छैन, यो समयमा कुनै औषधिको म्याद पनि गुज्रिएको छैन’, उनले भने, ‘स्टोरमा थन्किएको म्याद गुज्रेको औषधि दुई दशकयताकै हो, नत्र एक÷दुई वर्षमा यति ठूलो परिमाणको औषधि म्याद जाँदैन ।’ उनका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित औषधि डिस्पोज समितिले हरेक वर्ष म्याद गुज्रेको औषधि टिप्पणी उठाएर जलाउने प्रावधान भए पनि दुई दशकयता म्याद गुज्रेको औषधि प्रक्रियाअनुसार जलाइएको छैन । अब सो औषधि जिल्लामै डिस्पोज गर्ने वा केन्द्रमा पठाउने विषयमा पहल भइरहेको जनस्वास्थ्य अधिकृत शाहीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट किरण शर्माले म्याद गुज्रिएको औषधि व्यवस्थापन गर्न कार्यालयको निर्माणाधीन भवनमा राखिएको बताए । उनले भने, ‘धेरै वर्षदेखि म्याद सकिएको औषधि प्रक्रिया नपु¥याई वातावरण प्रदूषण हुने गरी जलाउन वा कतै खाल्डो वा नदी खोलामा फाल्न मिल्दैन ।’       

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.