बस र ट्याम्पु ठोक्किँदा चालकको मृत्यु, आठ घाइते
महोत्तरी : बर्दिबासमा- ५ मा बस र ट्याम्पु ठोक्किँदा चालको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। मे १ ख २५३७ नम्बरको बस र ज १ ह ११२६ नम्बरको ट्याम्पु ठोक्किँदा चालक होमबहादु लोप्चनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।