एसिया कप छनोट तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंकामा

एसिया कप छनोट तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंकामा

काठमाडौं :  एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार        श्रीलंका पुगेको छ । मलेसियामा यही अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म हुने छनोट प्रतियोगिताको तयारीस्वरूप नेपाली टोली       श्रीलंका गएको हो । नेपालले       श्रीलंकामा तीन अभ्यास खेलसहित एसिया कप छनोट प्रतियोगिताका लागि सात दिन तयारी गर्नेछ ।

नेपालले अगस्ट २२ मा आर्मी क्रिकेट क्लब, २४ तारिखमा ब्लोमफिल्ड र २६ तारिखमा कोल्ट्सविरुद्ध अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली छनोट प्रतियोगितामा सहभागी हुन अगस्ट २७ मा श्रीलंकाबाटै मलेसियातर्फ लाग्नेछ । भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्न पाउने प्रतियोगितासम्म पुग्ने बाटोको रूपमा रहेको यो छनोट प्रतियोगितालाई नेपाली टोलीले महŒवपूर्ण मानेको छ । ६ टोली सहभागी रहने छनोट प्रतियोगिताको विजेता एक टोली सेप्टेम्बर १५ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूह ‘ए’मा पर्नेछ ।

भारत र पाकिस्तानले एसियाली क्षेत्रमा आयोजना हुने प्रतियोगितामध्ये एसिया कपमा मात्रै सिनियर राष्ट्रिय टोली पठाउने भएकाले नेपालले यो अवसरलाई महŒवका साथ लिएको हो । राष्ट्रिय टोलीका १५ खेलाडीमध्ये १४ खेलाडी सोमबार       श्रीलंका पुगेका हुन् । कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित अनिलकुमार शाह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ सेख, रोहितकुमार पौडेल, सागर पुन, सोमपाल कामी र सुवास खकुरेल       श्रीलंका पुगेका हुन् ।

हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीप लामिछाने भने उतैबाट प्रतियोगिता खेल्न मलेसिया आइपुग्ने छन् । सन्दीप सीपीएलमा आफ्नो टोलीका बाँकी खेलहरू छाडेर अगस्ट २८ मा मलेसिया आइपुग्ने छन् ।

श्रीलंका प्रस्थान गर्नुअघि नेपाली टोलीलाई सोमबार नै सभामुख कृष्णबहादुर महराले बिदाइ गरे । नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् भने भारतीय अपुर्भ देसाई ब्याटिङ परामर्शदाता प्रशिक्षक र रमण शिवाकोटी व्यवस्थापकको भूमिकामा छन् । उनीहरूसँगै फिजियो दिनेश भट्ट, ट्रेनर सुवास पाट्रो र भिडियो एनालिस्टका रूपमा सुरज शाक्य पनि टोलीसँगै श्रीलंका गएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.