भारतले दिने डेढ अर्ब केमा खर्च गर्ने ?

भारतले दिने डेढ अर्ब केमा खर्च गर्ने ?

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोगस्वरूप घोषणा गरेको डेढ अर्बभन्दा बढी बजेट खर्चिने विषयमा प्रदेश सरकारले सुझाव संकलन गरेको छ।

प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, विभिन्न दलका नेता, मन्दिरका महन्थ, उद्योगी व्यापारी र सञ्चारकर्मीसँग सुझाव संकलन गरिएको हो। आर्थिक सहयोगको व्यवस्थापन के कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको थियो। मोदीले जनकपुर भ्रमणका क्रममा यस क्षेत्रको धार्मिक पर्यटन विकासका लागि १ सय करोड भारु (१ सय ६० करोड रुपैयाँ) सहयोगको घोषणा गरेका थिए।

मोदीले उद्घोष गरेको आर्थिक सहयोगमा सबैको अपनत्व र स्वामित्व बोध गराउने अभिप्रायले अन्तक्र्रियामार्फत योजना चयन र सुझाव संकलन गर्न लागिएको भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनारले बताए। ‘हामीले मन्त्रालयमा बसेर पनि योजना बनाउन सक्थ्यौं तर त्यसो गर्दा जनताको भावना र चाहना समेट्न गाह्रो हुन्थ्यो’, मन्त्री सोनारले भने, ‘त्यसैले खुला छलफलमा यो प्रस्ताव राखिएको हो।’

मुख्यमन्त्री मो. लालबाबु राउतले भारतीय प्रधानमन्त्रीले सो रकम प्रदेश २ को विकासभन्दा पनि जनकपुरलाई केन्द्रित गरेर दिएको सुनाउँदै त्यसबाट जनकपुरकै विकासका कार्यलाई प्राथमिकतामा पारेर अघि बढ्नुपर्ने सुझाव दिए। ‘यो रकमबाट जानकी मन्दिरको सौन्दर्यीकरण, जनकपुरको पर्यटकीय उत्थानका लागि ठोस योजना बनाउनु उपयुक्त हुनेछ’, मुख्यमन्त्री राउतले भने।

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भारतीय आर्थिक सहयोगबाट प्रदेश सरकार, केन्द्र र स्थानीय तहले समन्वय गरी ठोस परियोजना बनाउनुपर्ने बताए। ‘यस्तो परियोजना बनोस्, जुन जनताका लागि उपयोगी होस्’, मुख्य न्यायाधिवक्ता झाले भने, ‘सरकारको पाँचवर्षे कार्यकालमा सम्पन्न भई एउटा उपलब्धिका रूपमा स्थापित होस्।’

नेकपाका नेता झल्कु यादवले मोदीको भ्रमणपछि जनकपुरमा भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको बताए। तर, यहाँ पर्यटकका लागि व्यवस्थित धर्मशाला र सभा, गोष्ठी गर्न कम्तीमा हजार जना अटाउने सभाकक्ष नभएकाले सो बजेटबाट यी दुई कार्य गरिँदा उपयुक्त हुने उनको सुझाव थियो। कांग्रेस नेता सन्तोष यादवले धर्मशाला निर्माणका साथै रामजानकी रंगशालाका लागि केही रकम छुट्याउन प्रदेश सरकारलाई सुझाव दिए।

पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मि श्रले भारत र नेपाललाई जोड्ने धार्मिक स्थलको उत्थान र मिथिला मध्यमा परिक्रमालाई व्यवस्थित बनाउन सहयोग रकम खर्चिनुपर्ने धारणा व्यक्त गरे। जनकपुर भ्रमणमा आउने पर्यटकका लागि सुविधासम्पन्न बसको व्यवस्था गर्दा राम्रो हुन सक्ने उनको भनाइ थियो।

अधिकांशले जनकपुरमा सुविधासम्पन्न धर्मशाला, प्रवेशद्वार, सीताको जन्मदेखि विवाहसम्मको झल्को आउने संग्रहालय निर्माणलगायत योजना बनाइनुपर्ने सूझाव दिएका थिए। यही सुझावका आधारमा कार्ययोजना बनाई रकम प्राप्त गर्ने प्रक्रिया अघि बढाउने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.