पहिरोले डोल्पामा दुईघर पुरिए
डोल्पा : अविरल बर्षातका कारण हिमाली जिल्ला डोल्पामा पहिरोले दुई घर पुरिएका छन् भने एक घर भत्काएको छ। तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका-७ शर्मी गाउँमा दुई घर पहिरोले पुरिएको र एकघर भत्किएको हो।
पहिरोका कारण स्थानीय राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हरीबहादुर बुढामगरको घर भत्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
पहिरोकै कारण आधा दर्जन घरमा आशिंक क्षती पुगेको प्रहरीले जनाएको छ।शर्मी गाउँका दर्जनौं घर पहिरोको जोखिममा परेकाले समयमै बस्ती सार्ने व्यवस्था मिलाउन स्थानीयले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
निरन्तरको बर्षाले जिल्लाका अधिकांश घर जोखिमा छन्। बर्षाले बाटो र घर तथा पर्खाल दैनिक भत्किन थालेका छन्।