माछा मार्ने क्रममा डुबेर दुर्इजना बालिकाको मृत्यु
महेन्द्रनगर : यहाँको दोदा नदीमा माछा मार्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मंगलबार साँझ माछा मार्ने क्रममा नदीमा डुबेर बेहोस भएका उनीहरुको सेती अञ्चल अस्पताल पुर्याउँदा मृत्यु भएको हो ।
नदीमा डुबेलगत्तै बेहोस अवस्थामा उद्धार गरिएका बालिकाहरूको धनगढीस्थित सेती अञ्चल अस्पतालमा पुर्याएर उपचार हुन नपाउँदै मृत्यु भएको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी ज्ञानबहादुर सेटीले जानकारी दिए ।
अस्पताल पुर्याएलगत्तै प्रहरीले दुवै बालिकालार्इ मृत घोषित गरियो । मृत्यु हुनेमा कञ्चनपुरको पुनर्वास नगरपालिका-१० विकासवस्तीका १४ वर्षीया अन्जली चौधरी र त्यही ठाउँ बस्ने १० वर्षीया माला राना छन् । दुवैको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।