डोलेश्वरमा पनि रोकियो हेमानन्दको रुद्राभिषेक

डोलेश्वरमा पनि रोकियो हेमानन्दको रुद्राभिषेक

काठमाडौं : अखिल भारतीय विद्वत् परिषद्लगायत केही संस्थाले हेमानन्द गिरीलाई डोलेश्वरमा पनि रुद्राभिषेक गर्न नदिने भएका छन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले भदौ ८ गते शुक्रबारको दिन पदस्थापना गर्ने भनिएको हेमानन्दको कार्यक्रम स्थगित गरेको हो ।

समितिले जगद्गुरु शंकराचार्य विभूषित हेमानन्द गिरीजी महाराज पदस्थापन समारोहका अध्यक्ष अष्टकुमार कवेलाई सोमबार पत्र पठाउँदै कार्यक्रम स्थगित गर्न बाध्य भएको जानकारी गराएको हो । 

सचिव धर्मराज बस्नेतद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘शुक्रबार पदस्थापना एवं छत्री, तामपत्र र छडी ग्रहण कार्यक्रम राख्न अनुरोध गरिएकोमा हिन्दु जागरण नेपाल, विश्व हिन्दु युवा संघ साथै हिन्दु संघसंस्था र विद्धानले स्पष्ट रुपमा विरोध गरेकाले स्थगित गरेका छौं ।’

हेमानन्द गिरीलाई पशुपति पीठाधीश शंकराचार्य घोषित गरिएको प्रति सनातन विद्वत् परिषद् नेपालले आपत्ति जनाएको छ । ‘शास्त्रोपदिष्ट समयमा उपनयनादि संस्कार भई विधिपूर्वक स्वशाखीय वेदाध्ययन गरेकोे, वेद–वेदांग–धर्मशास्त्र र वेदान्तादि दर्शनहरूमा पारंगत भई शास्त्रहरूको समुचित व्याख्या विश्लेषण गर्न सक्ने, दण्डी सन्यासी परम्पराबाट दीक्षित, प्रतिभा सम्पन्न उत्तराधिकारी व्यक्ति विधिसम्मत तरिकाले शंकराचार्य पदमा नियुक्त हुने परम्परालाई लत्याउँदै अखिल भारतीय विद्वत् परिषद्ले मनोमानीरुपमा गरेको शंकराचार्य नियुक्तिको निर्णयप्रति यो विद्वत्–सभा गम्भीर आपत्ति व्यक्त गर्दछ’, परिषद्का अध्यक्ष आचार्य पूर्णचन्द्र ढुंगेलले भने ।

परिषद्को मंगलबार बसेको बैठकले शंकराचार्य परम्पराको मर्यादा र आस्थालाई बेवास्ता गरी अयोग्य र अनधिकृत व्यक्तिलाई नेपालमा हुँदै नभएको कल्पित पीठ उल्लेख गरी अखिल भारतीय विद्वत् परिषद्ले सो पीठमा नियुक्ति गरेको भन्दै सभाले अस्वीकार गर्ने निर्णय गरेको छ । सो विषयलाई लिएर विद्वत्–सभाले सम्बन्धित पक्षसँग शास्त्रार्थ गर्नसमेत तयार रहेको घोषणा पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.