जग्गा अधिकरण र मुआब्जामै सवा १४ अर्ब

जग्गा अधिकरण र मुआब्जामै  सवा १४ अर्ब

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण तथा विस्तार गर्न जग्गा अधिकरण र घरजग्गाको मुआब्जामा आर्थिक वर्ष २०७४÷०७५ मा १४ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ। प्राधिकरणले गत आवमा घरजग्गाको मुआब्जा वितरणमा सबैभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्न आवश्यक जग्गाको मुआब्जा वितरणमा खर्च गरेको छ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि कोटेश्वरतर्फको जग्गा अधिकरणमा मात्रै पाँच अर्ब रुपैयाँ खर्च गरेको छ। तर, जग्गाको मुआब्जा वितरण भए पनि घरको मुआब्जा वितरणमा स्थानीयले चित नबुझेको भन्दै विरोध गर्दै आएका छन्।

स्थानीयले गृह मन्त्रालयमा घरको पुनर्मूल्यांकन गर्नु पर्ने भन्दै निवेदन समेत दिएका थिए। तर, मन्त्रालयले मुआब्जा वितरणमा पुनर्मूल्यांकन हुन नसक्ने भन्दै निर्णय गरेको छ। अब, निर्णयअनुसारनै घरको मुआब्जा चालु आवमा वितरण हुने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठ बताउँछन्।

यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिकरण र मुआब्जा वितरणका लागि प्राधिकरणले गत आवमा एक अर्ब रुपैयाँ विनियोजन गरेको थियो। तर, उक्त रकमको १०.५ प्रतिशत मात्रै खर्च भएको छ।

यसैगरी बाराको निजगढमा निर्माण गर्न लागिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आवश्यक जग्गा अधिकरण र मुआब्जा वितरणलगायत कामका लागि ८४ करोड रुपैयाँ विनियोजन गरिएको थियो। यसमा जग्गा मुआब्जा तथा वितरणमा आयोजनाको कार्यालयले ४० प्रतिशत रकम मात्रै खर्च गरेको थियो। साथै, भरैहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक जग्गा अधिकरणका लागि विनियोजन भएको रकम भने शत्प्रतिशत नै खर्च भएको प्राधिकरणले जनाएको छ।


प्राधिकरणले विमानस्थल निर्माणका लागि जग्गा अधिकरण र मुआब्जा वितरणको कामलाई ठूलो चुनौतीका रूपमा लिने गरेको छ।

यसबाहेक पनि प्राधिकरणले देशभर सञ्चालनमा रहेका र निर्माणको चरणमा रहेका विमानस्थलका लागि आवश्यक जग्गा अधिकरण मुआब्जा वितरणमै अर्बौं रुपैयाँ खर्च गरेको छ।

प्राधिकरणले विमानस्थल निर्माणका लागि जग्गा अधिकरण र मुआब्जा वितरणको कामलाई ठूलो चुनौतीका रूपमा लिने गरेको छ। जग्गा अधिकरण र मुआब्जा वितरण समयमा सक्नु प्राधिकरणका लागि ठूलो जितको रूपमा लिने गरेको श्रेष्ठ बताउँछन्।

चालु आवमा साढे आठ अर्ब खर्च नागरिक

उड्डयन प्राधिकरणले जग्गा अधिकरण तथा जग्गा र घरको मुआब्जा वितरणका लागि चालु आव २०७५÷०७६ मा आठ अर्ब ५५ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। यसमा सबैभन्दा बढी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारका लागि आगामी ५० वर्षसम्म आवश्यक जग्गाको अधिकरण र मुआब्जा वितरणका लागि पाँच अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ। प्राधिकरणले चालु आवमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पाँच सय बिघा जग्गा अधिकरण र मुआब्जा वितरणमा यो रकम खर्च हुने जनाएको छ।

यसैगरी प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक जग्गा अधिकरण तथा मुआब्जाका लागि एक अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ। अहिले विमानस्थल निमार्णले तीव्रता लिएको छ। अहिलेसम्म विमानस्थल निर्माणको १५ प्रतिशत काम सम्पन्न भइसकेको छ। प्राधिकरणले सन् २०२१ को जुलाईदेखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको छ।

यसैगरी प्राधिकरणले चालु आवमा बाराको सिमरामा निर्माण गरिन लागिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक जग्गा अधिकरण र मुआब्जा वितरणकै लागि ७० करोड रुपैयाँ विनियोजन गरेको प्राधिकरणका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यस्तैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि आवश्यक जग्गाको मुआब्जा वितरण सम्पन्न भइसकेको छ भने घरको मुआब्जा वितरणका लागि प्राधिकरणले एक अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ। यसैगरी प्राधिकरण विराटनगर विमानस्थल विस्तार गर्न आवश्यक जग्गाको अधिकरण र मुआब्जा वितरणमा १५ करोड र झापाको चन्द्रगढी विमानस्थलका लागि जग्गा अधिकरण र मुआब्जा वितरण गर्न ३० करोड रुपैयाँ विनियोजन गरेको श्रेष्ठले बताए।

जनकपुरको विमानस्थल विस्तारमा जग्गाको मुआब्जा वितरण गर्न पाँच करोड र डोल्पा विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिकरण र मुआब्जा वितरणका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ। प्राधिकरणले काभ्रेको नागिडाँडामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानको चाप कम गर्न भन्दै निर्माण गर्न लागेको विमानस्थल लागि जग्गा अधिकरण र मुआब्जा वितरण गर्त २५ करोड रुपैयाँ विनियोजन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.