नाम मात्रैको ५० शैयाको अस्पताल

नाम मात्रैको ५० शैयाको अस्पताल

जाजरकोट : सदरमुकामस्थित जिल्ला अस्पतालको कागजी रूपमा स्तरवृद्धि गरिए पनि सेवामा खासै सुधार आउन सकेको छैन। १५ शैयाको जिल्ला अस्पताललाई स्तरवृद्धि गर्दै सरकारले ५० शैयाको बनाउने निर्णय गरेको तीन वर्ष बितिसके पनि अहिलेसम्म विशेषज्ञ सेवा सुरु हुन सकेको छैन।

विशेषज्ञ सेवा सुरु नहुँदा अस्पतालमा सामान्य शल्यक्रियासमेत भएको छैन। जसकारण सामान्य उपचारका लागिसमेत जिल्लाबाहिर जानुपर्ने बाध्यता छ। प्रसूतिलगायत सेवा पनि प्रभावकारी हुन नसकेपछि अस्पतालले बिरामीलाई चौरजहारी र नेपालगन्ज रिफर गर्ने गरेको स्थानीयले बताए। जिल्लाबाहिर जानु पर्दा जिल्लावासीको उपचार सेवा महँगो बन्दै गएको छ।

कुशे गाँउपालिका–५ ढिमेकी १९ वर्षीय दीपा मल्ललाई सुत्केरी व्यथा लागेपछि नजिकैको स्वास्थ्य चौकी ढिमे लगियो। त्यहाँका स्वास्थ्यकर्मीले दुई दिनसम्म राखेर सुत्केरी गराउने प्रयास गरे पनि नसकेपछि जाजरकोट अस्पताल रिफर गरिदिए। ‘गाउँलेको सहयोगमा ७ घण्टा स्टे«चरमा बोकाएर उनलाई जाजरकोट अस्पताल पु¥यायौं’, पति श्रवण मल्लले भने, ‘अब ढुक्क भइयो भन्ने आसा थियो तर चिकित्सकले तपाईंको पत्नीको पेटमा रहेको बच्चा मरिसकेकाले र निकाल्न नसक्ने भन्दै नेपालगन्ज लैजानोस भने। पुनः ७ घण्टा एम्बुलेन्समा राखेर उनलाई शिक्षण अस्पताल कोहपुर लग्यौं। पेटमै मरिसकेको बच्चा निकालियो। धन्न उनको ज्यान बच्यो।’ करिब ६० हजार रुपैयाँ खर्च भयो। जाजरकोट अस्पतालमै भएको भए यति धेरै खर्च हुने थिएन’, उनले गुनासो गर्दै भने ‘जाजरकोट अस्पतालमै सबैखाले बिरामीको उपचार हुने व्यवस्था कहिले होला ? ’

गत कार्तिकयता यस्तै जटिल समस्या भएका र शल्यक्रिया नै गर्नुपर्ने १२ महिलालाई रेफर गरिएको अस्पतालका सूचना अधिकृत सञ्जय कोइरीले बताए। अस्पतालले सामान्य खालका सुत्केरीबाहेक अन्य सेवा दिन सकिरहेको छैन। सामान्य बिरामी पनि जिल्लाबाहिर जान बाध्य भएका भेरी–६ का हरिष शाहीले बताए।

बेड र ब्लड बैंक स्थापनाका लागि ल्याइएको उपकरण भवन अभावमा गोदाममै थन्किएका छन्।

विभिन्न नौ प्रकारका विशेषज्ञ चिकित्सकको दरबन्दी कायम गरिए पनि अहिलेसम्म दन्तसेवाको सर्जनबाहेक कुनै पनि विशेषज्ञ चिकित्सक सरकारले पठाएको छैन। जिल्ला अस्पतालका लागि ११ औं तहको मेडिकल सुपरिटेन्डेन्ट, बालरोग, स्त्रीरोग, सर्जन, हाडजोर्नी, मानसिक, इनेस्थियोसिय (बेहोस पार्ने), फिजिसियन, रेडियोलोजिस्ट र दन्तरोगसहित ९ जना विशेषज्ञ चिकित्सकसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था गरिएको छ। तर अधिकांश दरबन्दी पूर्ति हुन सकेका छैनन्। शैया थपका लागि आएका बेड र ब्लड बैंक स्थापनाका ल्याइएको उपकरण भवन अभावमा गोदाममै थन्किएका छन्। ५० बेडसहित विशेषज्ञ सेवा सुरु गरी उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले अस्पतालको स्तरोन्नति गरिए पनि आवश्यक भौतिक पूर्वाधार र विशेषज्ञ चिकित्सक अभावमा नाम मात्रको अस्पताल भएको भेरी–२ का बिर्खबहादुर कार्कीले बताए।

पूर्वाधार नबनेसम्म विशेषज्ञ चिकित्सक आउन नमान्ने भएकाले विशेषज्ञ सेवाको टुंगो नलागेको निमित्त अस्पताल प्रमुख डा. केशरजंग कार्कीले बताए। उनले पूर्वाधार अभावमा डाक्टरहरू अस्पतालमा बस्न नमानेका समेत बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.