कोजी हटाइए, राष्ट्रिय टोलीको जिम्मा बालगोपाललाई

कोजी हटाइए, राष्ट्रिय टोलीको जिम्मा बालगोपाललाई

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई जिम्मेवारीबाट हटाएको छ। एन्फाको मंगलबार बसेको बैठकले जापानी नागरिक कोजीलाई हटाएर उनको स्थानमा बालगोपाल महर्जनलाई जिम्मेवारी दिइएको छ।

श्रम स्वीकृतिबिनै प्रशिक्षकको रूपमा काम गर्दै आएका कोजीलाई अध्यागमन विभागले हालै नेपाल प्रवेशमा रोक लगाएको थियो। तर, एन्फाले कोजीलाई इन्डोनेसियामा भएको एसियाली खेलकुद (एसियाड) को प्रशिक्षक बनाएर टोलीको तयारीका लागि थाइल्यान्ड हुँदै इन्डोनेसिया लगेको थियो।

कोजीलाई अध्यागमन विभागले नेपाल प्रवेशमा रोक लगाएपछि एन्फाले बंगलादेशमा आयोजना हुने आसन्न साफ च्याम्पियनसिप फुटबललाई मध्यनजर गरी बालगोपाललाई प्रशिक्षक बनाएको हो। ‘कोजीको नेपाल प्रवेशमा भिसा समस्या भएका कारण उनलाई प्रशिक्षकको जिम्मेवारीबाट अलग गरिएको हो। साफ च्याम्पियनसिपको तयारीसहित प्रतियोगिताका लागि हामीले सहायक प्रशिक्षक बालगोपाललाई कार्यवाहक प्रशिक्षक बनाउने निर्णय गरेका हौं,’ एन्फाका प्रवक्ता किरण राईले भने।

साफ च्याम्पियनसिप आगामी सेप्टेम्बर ४ देखि १८ सम्म सञ्चालन हुनेछ। च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा आयोजक बंगलादेश, भुटान र पाकिस्तान छन्। समूह ‘बी’मा भने भारत श्रीलंका र माल्दिभ्स छन्। नेपाले समूहको पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसँग खेल्नेछ। दोस्रो खेल सेप्टेम्बर ६ मा भुटान र अन्तिम सेप्टेम्बर ८ मा बंगलादेशसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

एसियाडमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। एसियाडमा समूह नेपालले समूह डीबाट प्रतिस्पर्धा गरेको थियो। नेपाल समूहको पहिलो खेलमा जापानसँग १–०, दोस्रो खेलमा भियतनामसँग २–० र तेस्रो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको थियो।

एन्फाले कोजीलाई राष्ट्रिय फुटबल टोली सम्हाल्न २०७२ फागुनमा दुई वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। एन्फाले गत फागुनमा मात्र कोजीसँग साफ च्याम्पियनसिप जिताउने गरी उनको नवीकरणसमेत गरेको थियो। कोजीको नयाँ अनुबन्धन आगामी नोभेम्बरसम्म थियो।

तर, पर्यटक भिसामा नेपालमा बस्दै आएको र  श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएको देखिएपछि अध्यागमन विभागले दुई साताअघि मात्र कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो। कोजीलाई श्रम स्वीकृति नगराइनुमा एन्फाको ठूलो कमजोरी थियो। कोजीको नेतृत्वमा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.