भूगर्भविदले थाले जल्गेनी पहिरोको अनुसन्धान

भूगर्भविदले थाले जल्गेनी पहिरोको अनुसन्धान

बेसीसहर : लमजुङको दोर्दी गाउँपालिका–८, खिन्चोकबेसी गाउँ नजिकै जल्गेनी पाखाबाट बगेको पहिरो र भाँसिएको जमिनबारे भूगर्भविद्ले अध्ययन सुरु गरेको छ । पहिरोको वर्तमान अवस्था र भविष्यमा हुन सक्ने क्षतिबारे टोलीले अनुसन्धान थालेका हुन् । जमिनको करिब ५ मिटर तलको माटो निकाली नमुना परीक्षणका लागि लगिएको छ । उक्त माटोको भूप्रविधि प्रयोगशालामा परीक्षण हुने वरिष्ठ भूगर्भविद् मोनिका झाले बताइन् ।

पहिरोको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् मोनिका झा, भूगर्भविद् सुनिता भट्टराई, ल्याब टेक्निसियन अमर थापालगायत जिल्लास्थित प्राविधकि टोलीले अध्यनन गरेको हो । जमिन मुनि पानी रहेको र सडकको सतहमा पनि पानी बगिरहेकाले संरचना कमजोर हुन पुगेको प्राविधिकको भनाइ छ । जल्गेनी पाखाबाट निरन्तर पानी छरिएर आउने गरेको र त्यहाँको भूवनोट कमजोर भएकाले पहिरो चलेको भूगर्भविद् झाले बताइन् । गाउँ नजिकै बेलौती खोला रहेकोले निरन्तर पानी परेमा खोला थुनिन सक्ने र बाढीले पहिरो चलाएर गाउँलाई जोखिम पार्न सक्ने उनको भनाइ थियो ।

‘बेलौती खोलाको कारण गाउँ जोखिममा छ, एकसाता सम्म पानी परिरहे माथिबाट ढुंगा आएर थुनिन सक्छ’, उनले भनिन्, । यसले सिंगो खिन्चोकबेंसी गाउँलाई समस्या पार्न सक्ने स्थानीयले बताए । वर्षा हुँदा खोलाको अवस्थाबारे स्थानीयले बुझ्नुपर्ने र सतर्क भएर बस्नुपर्ने प्राविधिकले सुझाव दिएका छन् । तत्कालका लागि जोखिम कम भएपनि दीर्घकालीन रुपमा बढी जोखिम रहेको प्राविधिक बताउँछन् ।

गत साउन १ गतेको अविरल वर्षाले जल्गेनी पाखाको जमिन भाँसिएपछि खिन्चोक जाने सडकमा पहिरो चलेको स्थानीयले बताएका छन् । सडक छेउमै रहेको खेतको सतह पनि १ देखि ५ मिटरसम्म भाँसिएको छ । प्राविधिक अध्ययन बिना मोटर बाटो निर्माण गर्नाले यस्तो समस्या देखिएको भूगर्भविद् सुनिता भट्टराईले बताइन् । ‘सतह र जमिनमुनि पानी पानी छ । जमिनमुनिको पानीले जमिन नै बगाएको देखिन्छ’, भट्टराइले भनिन्, ‘वर्षापछिको पानीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै गएको छ ।’ अध्ययनमा खटिएका टोलीका अनुसार जमिन मुनिको पानी फाल्ने र सडकमा रहेको पानीको पनि निकास गर्नुपर्ने देखिएको छ । तटबन्ध गनुपर्ने उनीहरुको भनाइ छ ।

स्थानीयका अनुसार जल्गेनी पाखाबाट १० वर्षअघि पनि पहिरो झरेको थियो । स्थानीय यमप्रसाद घलेले जमिन भाँसिने र चल्ने क्रम नरोकिँदा गाउँले त्रासमा बस्नुपरेको बताए । करिब दुईसय मिटर माथिबाट पहिरो चल्न थालेपछि गाउँका ३२ घर जोखिममा परेको उनी बताउँछन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले समितिको बैठकमार्फत् उक्त ठाउँमा ग्याबिनजालीका लागि जल उत्पन्न प्रकोप कार्यालयलाई अनुरोध गरिएको बताए । पीडित स्थानीयलाई तत्काल अस्थायी स्थानान्तरण गर्नुपर्ने स्थिति आए यसको व्यवस्थापनको लागि दोर्दी गाउँपालिकालाई भनिएको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.