भारतका वरिष्ठ पत्रकार कूलदीप नैयरको निधन

भारतका वरिष्ठ पत्रकार कूलदीप नैयरको निधन

काठमाडौं : भारतका वरिष्ठ पत्रकार कूलदीप नैयरको निधन भएको छ। वामपन्थी राजनीतिक विश्लेषक, लेखक, मानवअधिकारकर्मी तथा स्तम्भकारसहित विभिन्न परिचय र भूमिकामा कार्यरत नैयरको ९५ वर्षको उमेरमा दिल्लीमा उपचारका क्रममा निधन भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्।

नैयर सन् १९९७ मा भारतीय संसदको उपल्लो सदनमा मनोनित भएका थिए। उनी १९९० मा बेलायतका लागि भारतका उच्चायुक्त समेत थिए।

सन् १९२३ मा पञ्जाबमा जन्मिएका उनका एक दर्जन बढी पुस्तक प्रकाशित छन्। सन् १९८० को दशकमा प्रधानमन्त्री इन्दिरा गान्धी सरकारले लगाएको संकटकालको विरोध गरेबापत् उनलाई जेल हालिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.