नेपालले भारत–चीनलाई पर्वतारोहण सिकाउने

नेपालले भारत–चीनलाई पर्वतारोहण सिकाउने

काठमाडौं : नेपालले विश्वकै दुई ठूला शक्तिराष्ट्र चीन र भारतलाई पर्वतारोहण गाइडसम्बन्धी तालिम दिने भएको छ। एसियामा नेपालमा मात्र पर्वतारोहण पथ प्रदर्शक प्रशिक्षक रहेकाले चीन र भारतसहित हिमाल भएका देशले नेपालमै पर्वतारोहण सिक्नुपर्ने छ।

अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक महासंघको गत वर्ष काठमाडौंमा बसेको बैठकले गरेको निर्णयअनुरूप अब तालिम अनिवार्य गरिएको हो। मापदण्ड पूरा गरेका प्रशिक्षार्थी सम्पर्कमा आए तत्काल तालिम दिने तयारी थालेको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष आङनुर्बु शेर्पाले बताए। पर्वतारोहण पथ प्रदर्शक संघ महासंघको सदस्य हो। महासंघ विश्वभर हिमाल भएको २५ राष्ट्रको सहभागितामा गठित अन्तर्राष्ट्रिय संस्था हो। महासंघले पर्वतारोहणसम्बन्धी सम्पूर्ण प्रविधि र नीति तयार पार्छ।

महासंघले पर्वतारोहणसम्बन्धी तालिम, अत्याधुनिक प्रविधिसहित पर्वतारोहण सामग्री उत्पादन, विश्वभरका हिमाल आरोहणमा आवश्यक प्रविधिबारे छलफल गरी पर्वतारोहण सुरक्षित बनाउनेलगायत काम गर्दै आएको छ। एसियाली राष्ट्रमध्ये जापान, किर्गिजस्तान र नेपाल मात्र महासंघको सदस्य छन्। यीमध्ये जापानले मापदण्ड पूरा नगरेकाले महासंघले निलम्बनमा राखेको थियो भने किर्गिजस्तान नयाँ सदस्य राष्ट्र हो। भारत, चीन र पाकिस्तानमा अग्ला हिमाल भए पनि पर्वतारोहण पथ प्रदर्शक उत्पादन गर्न सकेका छैनन्।

 भारत, चीन र पाकिस्तानमा अग्ला हिमाल भए पनि पर्वतारोहण पथ प्रदर्शक उत्पादन गर्न सकेका छैनन्।

विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि विश्वभर रहेका ८ हजार मिटरभन्दा अग्ला २० मध्ये १४ हिमाल नेपालमा छन् भने ४ सय ३ वटा हिमाल पहिचान गरी आरोहणका लागि खोलिएको छ। फ्रान्स, स्विट्जरल्यान्ड, इटलीलगायत युरोपेली देशबाट समेत पथ प्रदर्शक तालिम लिन नेपाल आउने गरेका छन्। अहिलेसम्म ५४ जना नेपाली अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक प्रशिक्षित भइ सकेका छन्। तीमध्ये ५० जना पर्वतारोहण क्षेत्रमा सक्रिय रहेको संघका कार्यकारी अधिकृत सोवित कुँवरले बताए।

महासंघले राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक र अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकको तालिम दिने गरेको छ। महासंघका अध्यक्ष क्रिस्चियन थोमस डफले आधारभूत र एडभान्स तालिम पूरा गरेपछि मात्र पर्वतारोहण पथ प्रदर्शकको तालिम लिन पाउने मापदण्ड रहेको बताए। नेपाल पर्वतारोहणसम्बन्धी तालिम दिने उपयुक्त स्थल र प्रशिक्षक उत्पादन भइसकेको महासंघको भनाइ छ। महासंघले नेपालमै तालिम दिन प्रशिक्षकसमेत उत्पादन गरेको छ। राष्ट्रिय पथ प्रदर्शक भएपछि दुई वर्षभित्र चार वटा हिमाल चढेर पर्वतारोहणमा सक्रिय भएपछि अन्तर्राष्ट्रिय पथ प्रदर्शक बन्न पाउने मापदण्ड छ।

आरोहणमा प्रयोग गरिने डोरी, क्राम्पोन, वानस्पोट, आइसएक्स, रोप, हार्डनेस, ज्युमर, क्याराभिनर, हेलमेट, टर्चलाइट, डांग्री, ग्लोब्सलगायत सामग्रीको प्रयोग देखि नयाँ प्रविधिमा जोड दिँदै जोखिमबाट न्यून पार्ने उपायबारे पथ प्रदर्शक जानकार हुनु पर्छ। पर्वतारोहणमा सुरक्षा, उद्धार, औषधि उपचार र बिमाबारे समेत जानकारी दिइन्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.