पहिरोले घर भत्किँदा वृद्धा घाइते

पहिरोले घर भत्किँदा वृद्धा घाइते

डोल्पा : अविरल बर्षातसँगै हिमाली जिल्ला डोल्पामा पहिरोले एक घर भत्किँदा एकजना वृद्धा घाइते भएकी छन्। पहिरोमा परी ६० वर्षीया धर्म बुढा गम्भीर घाइते भएकी हुन्। त्रिपूरा सुन्दरी नगरपालिका- ६ मा पर्ने सिउरेनीमा बिहीबार राति १२ बजे पहिरोले धर्म बुढाको घर भत्काए पछि बुढा पनि गम्भीर घाइते भएकी हुन्। बुढाको टाउको र आँखामा चोट लागेको छ भने उनी बोल्न सक्ने अवस्थामा छैनन्

सिउरेनीस्थित भेरी नदिको झोलुङ्गे पुल समेत पहिरोले चुडाएको छ। पुल पहिरोले चुडाएर पूर्णरुपमा क्षति गरेपछि जाजरकोट डोल्पा आउने यात्रु समेत अलपत्र परेको स्थानीय तुलसी चलाउनेले जानकारी दिए। 

उनका अनुसार राति बाह्र बजे पहिरो खस्यो पुल पनि सबै चुडियो पुल नजिक रहेको धर्मा बुढा र बिरेन्द्र सार्कीको घर भत्कीयो। घर पूरै क्षेति भएको छ मानवीय क्षति भनै भएको छैन बृद्धाको अबस्था भने गम्भीर रहेको चलाउनेले बताए। 

घटना स्थलमा प्रहरी चौकि त्रिपूरोकोट र इलाका प्रहरी कार्यालय खदाङ्गबाट प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ। घाइते बुढाको खदाङ्गको स्थानीय मेडिकलमा उपचार भइरहेको स्थानीयले जानकारी दिएका छन्। 

पहिरोले पुल नजिकैको गोठमा रहेका हरिचन्द्र बुढाको १० वटा बाख्रा समेत मरेको स्थानीय प्रकाश बुढाले जानकारी दिए।  निरन्तरको बर्षा र पहिरोको कारण जिल्लाको सबै क्षेत्र प्रभावित भएको छ। बिहीबार राति सिउरेनीको पुल नै चुडिएपछि छिमेकी जिल्लाबाट डोल्पा सदरमुकाम आउने यात्रुहरु अलपत्र परेका छन्। दैनिक उपभोग्य सामाग्री समेत बाटोमै रोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.