क्षमताभन्दा तेब्बर कैदीबन्दी

क्षमताभन्दा तेब्बर कैदीबन्दी

कालिकोट : जिल्ला कारागार कार्यालय कालिकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । जिल्ला प्रशासन कार्यालयको अनुगमनमा कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको पाइएको हो ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार १५ जनाको क्षमता रहेको जिल्ला कारागारमा ४६ जना पुरुष र ७ जना महिला छन् । कुल १५ जनाको क्षमता रहेको जिल्ला कारागारमा ५३ जना कैदीबन्दी बस्नुपरेको छ । उनले भने, ‘महिला कारागारमा त ७ जना मात्र महिला भएकाले सहज नै छ तर पुरुष ४६ जना बन्दी रहेकाले उनीहरू दुई वटा कोठामा खचाखच भएर बस्ने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कार्कीले जिल्ला कारागारको व्यवस्थापकीय पक्ष राम्रै भए पनि कैदीले एकै भान्छामा सामूहिक खानपान गरिरहेको बताए । उनले भने, ‘सबै कैदीबन्दी एकै भान्छामा मेस चलाएर खाना खान्छन् ।’ कारागारमा टेलिफोन सेवा र खेलकुदका लागि भलिबल अपलब्ध छ । प्रमुख जिल्ला अधिकारी कार्कीले जिल्ला कारगारका कैदीले सीप सिकेर आयआर्जन गरिरहेको बताए । उनले भने, ‘टोपी, स्विटर, पन्जालगायत कपडा बुनेर आयआर्जन गर्छन् । उनीहरूले नियमित डाक्टरको व्यवस्था गरिदिन माग गरेका छन् ।’ कोठामा भएको धुलो हावाले भान्छामा लैजाने र कैदीलाई पत्थरीको समस्या हुने गरेको उनीहरूले बताए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद शर्माले कालिकोटको जिल्ला कारागार कार्यालयलाई कर्णाली प्रदेशकै नमुना कारागारका रूपमा विकास गर्न पहल सुरु गरिएको जानकारी दिए । उनले आफूहरूको अनुगमन क्रममा कैदीबन्दीले ८ बुँदे मागसमेत राखेको बताउँदै ती माग सम्बोधन गर्न पहल भइसकेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.