खानेपानी ट्यांकीमा दिसा
दुनै : डोल्पाको सदरमुकाम दुनैको खानेपानीका ट्यांकी दिसाले भरिएको छ । दुनै बजार क्षेत्रका खानेपानी ट्यांकीमा दिसा र फोहोर भरिएको भेटिएको छ ।
करिब ३ सयभन्दा धेरै घरधुरी बसोवास गर्दै आएको सदरमुकाम दुनैमा २ सय घरधुरीको धारामा पानी वितरण गरेको दुनै खानेपानी उपभोक्ता समितिले जनाएको छ । दुनैको खानेपानी व्यवस्थित नहँुदा ट्यांकीमा समेत दिसा गरेको पाइएको कर्मचारी बताउँछन् ।
स्थानीयको लापरवाहीले नै खानेपानीका ट्यांकीमा समस्या आएको दुनै खानेपानी उपभोेक्ता समितिका सचिव हिक्मत शाहीले बताए । उलने भने, ‘जुन टोलमा ट्यांकी छ त्यही टोलका बासिन्दाले संरक्षण गर्ने सहमति भएको थियो । तर, स्थानीयले नै मनपरी गर्दा त्यस्तो समस्या आएको हो ।’
अब दसैंसम्म सबै क्षेत्रको खानेपानी व्यवस्थित हुने उनले बताए ।
‘खानेपानीका पाइप यत्रतत्र छरिएका छन् । ट्यांकीमा दिसा र फोहोर भरिएको छ पानीको मुहान खुला छ, कसरी शुद्ध पानी पिउने आशा राख्नु ? ’ स्थानीयको गुनासो छ ।
०७४ साल कात्तिक ९ गते कर्णालीकै तेस्रो खुला दिसामुक्त जिल्लाका रूपमा घोषणा गरे पनि शौचालयभन्दा बाहिर दिसा गर्नेको संख्या बढ्दो क्रममा रहेको नागरिक बताउँछन । खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि जनतालाई चेतना दिन नसकेको उनीहरूको आरोप छ ।