प्रदर्शनकारीले प्रहरी कार्यालयमै पुत्ला जलाउन खोजेछि
कञ्चनपुर : बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एकजना पक्राउ परेसँगै कञ्चनपुर सदरमुकाम महेन्द्रनगर झनै तनावग्रस्त बन्दै गएको छ ।
मानसिक सन्तुलन गुमाएका भनिएका ४१ वर्षीय दिलीपसिंह विष्टलाई निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेपछि आक्रोशित भएका स्थानीयले चार दिनदेखि प्रर्दशन गरिरहेका छन् ।
बिहीबार भीमदत्त नगरपालिकाास्थित जिल्ला प्रहरी कार्यालय क्षेत्रमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा आठजना घाइते भए ।
प्रहरीले गोली चलाएपछि अझ उत्तेजित भएका प्रदर्शनकारीहरु जिल्ला प्रहरी कार्यालयमै प्रवेश गर्न खोजे । पुतला जलाउने प्रयत्नस्वरुप प्रदर्शनकारीहरु जिप्रकामा पस्नै लागेको अवस्थामा प्रहरीले अश्रुग्यास हानेर तितबितर बनाएको छ ।
तर प्रदर्शनकारीले पुतला जलाउन ल्याएका टायरका टुक्राहरु जिप्रका परिसरभित्रै भेटिएका छन् । जिप्रकाको मूलगेटबाट भित्र छिरिसकेको अवस्थामा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास हानेर तितरबितर बनाएको हो ।
प्रदर्शनकारीहरु प्रहरी कार्यालयमै पस्न खोजेपछि जिल्ला प्रशासन कार्यालयले तत्कालै भीमदत्त नगरपालिकाको क्षेत्रका कर्फ्यू नै जारी गरेको छ ।