बलात्कारपछि बालिका हत्याको घटना छानबिन गर्न उच्चस्तरीय समिति

बलात्कारपछि बालिका हत्याको घटना छानबिन गर्न उच्चस्तरीय समिति

कञ्चनपुर:बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको छ ।  कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद दीपक प्रकाश भट्टका अनुसार छानबिन समितिले भोलिबाटै आफ्नो काम थाल्ने भएको छ । 

बलात्कारपछि बालिका निर्मलाको हत्याको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे छानबिन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा छानबिन समिति बनाएको हो । 

समितिमा नेपाल प्रहरीका तीनजना डीआईजी सदस्य रहेका छन् । त्यसैगरी प्रदेश नम्बर सातको आन्तरिक मामिला मन्त्रालयका उपसचिव पनि छानबिन समितिका सदस्य रहेका छन् ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको हत्यामा संलग्न भएको अभियोगमा मानसिक सन्तुलन गुमाएका एकजना युवा पक्राउ परेपछि कञ्चनपुरमा चार दिनदेखि तनाव छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.