छ दिनमा नौ पुरुषले गरे सम्बन्धबिच्छेदको मुद्दा दर्ता

छ दिनमा नौ पुरुषले गरे सम्बन्धबिच्छेदको मुद्दा दर्ता

चितवन : मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन्।  चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ पुरुष र छ महिलाले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन्।

अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार यसअघि पुरुषले सोझै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दर्ता गर्न पाउँदैनथे। स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र हुन नसकेमा त्यहाँको सिफारिससहित अदालत आउनुपर्ने व्यवस्था थियो। 

पौडेलका अनुसार गत वर्ष ७०७ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकोमा छ वटा मात्रै पुरुषका तर्फबाट परेका थिए। जिल्ला अदालत चितवन बार एशोसिएशनका अध्यक्ष कमल पाठकका अनुसार ऐनले पुरुषलाई पनि महिलासरह सोझै अदालत जाने बाटो खोलिदिएको बताए।

संविधानमा भएको समानताको हकको व्यवस्थाअनुसार महिला र पुरुषलाई समान अधिकारको कानुन बनेसँगै महिलासरह पुरुष पनि सोझै अदालत जान पाउने भएको उनले बताए।रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.