काठमाडौंमै बालुवा तस्करी ! प्रहरी खेद्‍ने : तस्कर भाग्‍ने (फोटो/भिडियो)

काठमाडौंमै बालुवा तस्करी ! प्रहरी खेद्‍ने : तस्कर भाग्‍ने (फोटो/भिडियो)

फोटो र भिडियो : उमा बिष्ट  

काठमाडौं : देशभर नदीबाट अवैध बालुवा उत्खनन् भएका खबर प्रशस्त आउँछन्। राजधानीकै नदीबाट अवैध बालुवा तस्करी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। तर काठमाडौंको गोकर्णेश्वर-३ स्थित सुन्ताखानमा खहरे खाेलाबाटै बालुवा तस्करी भइरहेको छ। स्थानीय तह र प्रशासनले अवैध उत्खनन राक्न सकेका छैनन् । 

बाढी आएपछि नदीको तहभन्दा माथिसम्म बालुवा थुप्रिएपछि दैनिक सयौंको संख्यामा स्थानीयले बालुवा निकाल्ने गरेका हुन्। स्थानीय लालबाबु पाख्रिन खोलाले धान खेती छोप्ने भएपछि बालुवा निकाल्ने गरेको बताउँछन्। 

‘खोला बालुवाले भरिएको छ। अब पनि बालुवा ननिकाले सबै पानी र बालुवाले धानखेती छोप्ने खतरा छ’, लालबाबु भन्छन्, ‘हाम्रो काम बालुवा निकालेर बेच्ने होइन। तर खेती डुब्ने भएपछि बालुवा निकाल्न थालेका छौं।’

दैनिक एक डेढसय स्थानीय बालुवा निकाल्न सक्रिय हुन्छन्। बाढी आएको समयमा बालुवा निकाल्नेको भिडभाड नै हुन्छ। ‘बालुवा निकाल्नेको संख्या समय अनुसार थपघट हुन्छ। ठूलो बाढी आयो भने एक हजारसम्म हुन्छन्’, लालबाबुले भने। 

सरकारले खोलाको ट्याक खोलेर पुरानै अवस्थामा पुर्याए स्थानीयले बालुवा ननिकाल्ने उनको भनाइ छ। माथि डाँडाको खाली जग्गा प्लटिङ गर्दा माटो खोलामा हालेकाले धेरै बालुवा आएको स्थानीय बताउँछन्। बालुवा निकाल्नेलाई भन्दा अव्यवस्थित प्लटिङ गर्नेलाई कारबाही गर्नुपर्ने लालबाबुको भनाइ छ। 

अवैध बालुवा निकासी भइरहेको उक्त क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालसहितका जनप्रतिनिधिले अनुगमन गरिसकेका छन्। धानबालीमा नदीले क्षति पुर्याएपछि स्थानीयले बालुवा निकालेको उपमेयर नेपालको भनाइ छ। 

बुधबारसमेत अनुगमन गरेको भन्दै उपमेयर नेपालले सयौंको संख्यामा स्थानीयले दैनिका बालुवा निकालेको अस्वीकार गरिन्। ‘खोलाले बाली नष्ट गरेपछि खेतीपाती गर्ने मान्छेले बालुवा निकालेका हुन्’, उपमेयर नेपालले भनिन्, ‘यसलाई रोक्नका लागि हामीले प्रयास गरिराखेका छौँ।’ नगरपालिकाले अवैध बालुवा निकाल्ने क्रमलाई रोक्न उक्त क्षेत्रमा दैनिक प्रहरी परिचालन गरेको नेपालको भनाइ छ।

महानगरीय प्रहरी प्रभाग गोकर्णेश्वर-३ का प्रहरी नायब निरीक्षक अर्जुन गिरी अहिले आफ्नो प्रभागको दैनिक ड्युटी नै बालुवा निकासी रोक्न केन्द्रित भएको बताउँछन्। तर, ३५ दरबन्दी भएको प्रभागमा १४ जनामात्र प्रहरी छन्। 

प्रहरीलाई देख्दा बालुवा निकाल्ने भागे पनि प्रहरीको आँखा छलेर फेरि बालुवा निकाल्न थाल्छन्। ‘सिट्टी फुक्दै प्रहरी आएपछि भाग्ने हो’, नाम नभन्ने शर्तमा एक स्थानीयले भने, ‘केही समय बसेर प्रहरी गइहाल्छन्। त्यसपछि फेरि बालुवा निकाल्ने क्रम सुरु हुन्छ।’ 

स्थानीयले प्रतिनिधि र प्रहरीकै मिलेमतोमा बालुवा तस्करी बढेको आरोप लगाएका छन्। प्रनानी गिरी भने यसलाई स्वीकार गर्दैनन्। ‘यो गलत हो। हामी आफैंले साबेल चलाएर बाटो सफा गरेका छौँ’, प्रनानी गिरीले भने, ‘अहिले भर्खर मात्र त्यहाँबाट म स्वयम् प्रभागमा फर्किएको छु।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.