बालिका हत्या प्रकरण: कञ्चनपुरका सिडिओ मन्त्राालय तानिए

बालिका हत्या प्रकरण: कञ्चनपुरका सिडिओ मन्त्राालय तानिए

कञ्चनपुर: गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा अधिकृतलाई मन्त्रालयमा तानेको छ । 

साउन १० गते १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना अनुुसन्धानमा चुकेपछि प्रजिअ कुमार खड्का, प्रहरी उपरीक्षक डिल्लीराज विस्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टीलाई काठमाडौँ फिर्ता बोलाइएको हो । 

प्रहरी प्रधान कार्यालयले बुधबार मात्रै प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दलाई कञ्चनपुरमा खटाइसकेको छ। चन्द कञ्चनपुर पुगेलगत्तै सुरक्षानिकायका तीनै अधिकारीलाई मन्त्रालय तानिएको हो । 

बालिका हत्या प्रकरणमा मानसिक सन्तुलन नभएका ४१ वर्षीय दिलीपसिंह विस्टलाई पक्राउ गरेपछि चार दिनदेखि कञ्चनपुर अशान्त छ । स्थानीयले वास्तविक अपराधी लुकाउन मानसिक सन्तुलन ठीक नभएको मानिसलाई पक्राउ गरी घटना ढाकछोप गर्न खोजेको भन्दै आन्दोलन चर्काइरहेका छन् । 

आन्दोलनकै क्रममा बिहीबार जिल्ला प्रशासन कार्यालय नजिक प्रहरीले हानेको गोली लागेर ६ जना घाइते भएका छन् । प्रदर्शन उग्र भएपछि प्रशासनले भीमदत्त नगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.