ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं : बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले मिश्रलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।
यसअघि परिषद्ले सिफारिस गरेका वरिष्ठ न्यायाधीश दीपक जोशीलाई संसदीय सुनुवाइ विशेष समितिको बहुमतले अस्वीकार गरेको थियो। जोशी अस्वीकृत भएपछि नयाँ प्रधानन्यायाधीशका लागि मिश्रको बाटो खुलेको हो।