खोलामा बगेर छात्राको मृत्यु
बैतडी : पुर्चौडी नगरपालिका-७, ऐराडीका सुरेन्द्र बिष्टकी १३ वर्षीया छोरी रिनाको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ। कोटिलीगाड खोलाले बगाएर रीनाको मृत्यु भएको स्थानीय कृष्णप्रसाद बडूले बताए।
विद्यालयबाट घर फर्कदा बिहीबार करिब ४ बजे कोटेलीगाड नदी र ऐराडी खोलाको दोभानमा तर्ने क्रममा बगेर उनको मृत्यु भएको हो। गलिनाथ मावि, बडगाउँमा कक्षा ९ मा अध्ययनरत रिनाको करिब पाँच सय मिटर तल शव फेला परेको उनले बताए।
उनको शव पोष्टमार्टम नगरी अन्तिम संस्कार गरिएको स्थानीयले बताएका छन् । नदीको दोभानमा पुल नहुँदा बालबालिकाहरु जोखिम मोलेर तर्न बाध्य छन्।