टीकापुर घटनाको समीक्षा

टीकापुर घटनाको समीक्षा

काठमाडौं : थरुहट आन्दोलनका अगुवाले थरुहट आन्दोलन केही शिथिल भएको तर नसेलाएको बताएका छन्। थारु पत्रकार संघ नेपाल र सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडरलिज्म (सोसीफ) को आयोजनामा बिहीबार अल्फाबिटामा भएको टीकापुर घटनाको तीन वर्षको समीक्षाको क्रममा उपस्थित वक्ताले त्यस्तो यस्तो बताएका हुन्।

पूर्वसांसद तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष रुक्मिणी चौधरीले टीकापुर घटनाको सम्झना गरिन्। ‘आन्दोलनको अभियान अन्तर्गत थरुहटका सबै जिल्लामा थरुहट स्वायत्त राज्य परिषदको बोर्ड राख्ने योजना थियो’, उनले भनिन्, ‘यही क्रममा राज्यले अवरोध गर्दा तीन वर्ष पहिले टीकापुरको अकल्पनीय घटना हुन पुग्यो।’ 

चौधरीले थरुहट आन्दोलन केही शिथिल भएको स्वीकार गरिन्। उनले टीकापुर घटनाका निर्दोष बन्दीलाई नछाडिए आन्दोलन अझ चर्किने चेतावनी दिएकी छिन्। 

नेकपाका सांसद हरिराम चौधरीले टीकापुर आन्दोलनमा घुसपैठ भएको आरोप लगाउने आन्दोलनकर्मीले घुसपैठ कोबाट भएको थियो, खोल्न आग्रह गरे। उनले टीकापुर घटना थारुहरुको राजनीतिक विद्रोह भएको जनाउँदै यसबाट सबैले पाठ सिक्नुपर्ने धारणा राखे। संयुक्त राष्ट्र संघ, आदिवासी जनजाति स्थायी मञ्चका, उपाध्यक्ष फुलमान चौधरी तथा अधिवक्ता शंकर लिम्बूले टीकापुर घटनाको चाँडै सुनुवाइ नगरिए मुद्दा अन्तर्राष्ट्रियकरण गरिने बताए। 

थरुहट÷थारुवान संयुक्त संघर्ष समितिका सचिव मिनराज चौधरीले सर्वाेच्च अदालतका पूर्वन्यायाधिश गिरीशचन्द्रलाल दासको संयोजकत्वमा गठित तराई मधेशमा आन्दोलनको क्रममा भएको क्षति विवरणबारे सुझाव दिन गठित आयोगको रिपोर्ट यथाशिघ्र सार्वजनिक गर्न आग्रह गरे। ‘लालको रिपोर्ट अनुसार टीकापुर घटनाको आरोपमा समातिएका कोही दोषी छैनन्’, उनले भने। थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले राज्यले अव टीकापुर घटनामा समातिएकाहरुलाई धेरै दिनसम्म थुन्न नसक्ने जिकिर गरे। 

विश्लेषक भाष्कर गौतमले टीकापुर घटनाले थरुहट आन्दोलन अलमलमा भएको र राज्य कानुनी संकटमा रहेको विचार राखे। ‘मानौ सरकारले तिनका माग पूरा ग¥यो रे, त्यसपछि के गर्ने ? कुनै योजना छैन’, उनले भने, ‘दोषी भनी समातिएकालाई के आरोप लगाउने राज्य पनि अलमलमा छ।’ कार्यक्रमको सहजीकरण गरेका विजय कर्णले टीकापुर घटनाबाट सबैले पाठ सिक्न आग्रह गरे। 

७ भदौ २०७२ मा भएको थरुहट आन्दोलनको क्रममा टीकापुरमा ८ प्रहरी र एक नावालकको हत्या भएको थियो। आक्रोशित समूहले सोही साँझ र भोलिपल्ट  आन्दोलनका अगुवाइ गरेका थारूको घर, पसल, उद्योगमा कफ्र्यूबीच पनि छानी छानी आगजनी गरेका थिए। 

२०७४ असार २ मा टीकापुरका पीडितले मंत्रीपरिषदको निर्णयबाट १५ करोड क्षतिपूर्ति पाइसेकाका छन्। घटनामा मृतकका परिवारले यसअघि जनही १० लाख क्षतिपूर्ति पाइसकेका छन्। तर क्षतिपूर्तिले त्यहाँको सद्भाव संग्लिएको छैन। टीकापुर घटनामा आरोपित २६ जनालाई अझै पनि पुर्पक्षका लागि थुनामा राखिएको छ। करिब दुई सय वारेन्टेड छन्। राजपाबाट ३४,३४१ मत ल्याई प्रतिनिधि सभाको सांसद जितेका रेशम चौधरीलाई टीकापुर घटनाको नाइकेको रुपमा प्रहरीबाट प्रचार गरिएको छ। उनी अहिले डिल्लीबजार कारागारमा छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.