एचआईभी सर्ने डरले उपचार गर्दैनन् स्वास्थ्यकर्मी
सुुर्खेत : एचआईभी सर्ने डरले सुुर्खेतमा स्वास्थ्यकर्मीले नै संक्रमितको उपचार गर्दैनन्। पञ्चपुुरी नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा कार्यरत स्वास्थ्यकर्मीले आफूलाई पनि एचआईभी सर्न सक्ने भन्दै संक्रमितको उपचार नगरेका हुुन्। स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्न नमानेपछि यहाँका संक्रमित उपचारबाट वञ्चित भएका छन्।
सरकारी स्वास्थ्य संस्थाले उपचार गर्न नमानेपछि एचआईभी संक्रमित अहिले निजी मेडिकलमा महँगो शुुल्क तिरेर उपचार गराउन बाध्य छन्। स्वास्थ्यकर्मीबाटै आफूहरूमाथि विभेद भएको संक्रमितको गुुनासो छ। पञ्चपुुरी नगरपालिका–५ निवासी लुुच्चो रोकाय उपचारका लागि एक साताअघि मात्र स्वास्थ्य केन्द्रमा पुुगे। जब रोकायले आफू एचआईभी संक्रमित भएको सुुनाए, त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले आफूहरूलाई पनि संक्रमण हुुने जोखिम रहेको भन्दै उपचार गर्न अस्वीकार गरे। स्वास्थ्यकर्मीले उपचार नगरेपछि रोकाय निरास बनेर फर्किए।
एचआईभी संक्रमित भएकै कारण उपचार नपाउने रोकाय एक्लो व्यक्ति भने होइनन्। जिल्ल्लाको चौकुुने गाउँपालिकास्थित लगाम निवासी विष्णा बान्तोला पनि गत जेठमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पुुगेकी थिइन्। एचआईभी संक्रमित भएको थाहा पाएपछि उनलाई पनि स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण नै नगरी फिर्ता पठाए। रगत जाँच गर्न स्वास्थ्य केन्द्रमा पुुगेकी उनलाई पनि स्वास्थ्यकर्मीहरूले उपचार गर्दा आफूहरूमा सर्न सक्के भन्दै फिर्ता पठाए। संक्रमित भएकै कारण नजिकै रहेको अस्पतालमा उपचार गर्न अस्वीकार गरिएपछि विष्णाले वीरेन्द्रनगर पुुगेर उपचार गराइन्। पश्चिम सुुर्खेतमा मात्र हाल करिब डेढ सय जना संक्रमित छन्। नजिकै अस्पताल भए पनि एचआईभी सर्ने त्रासका कारण स्वास्थ्यकर्मीले नै उपचार गर्न अस्वीकार गरेपछि संक्रमित समस्यामा परेका हुुन्।
लुुच्चो रोकायलाई एचआईभी संक्रमण भएको २० वर्ष भयो। मधुमेहको समेत बिरामी उनी उपचारका लागि स्वास्थ्य केन्द्र पुुगेका थिए। रगत परीक्षणका लागि उनी ल्याबमा पुुगे। तर, त्यहाँ कार्यरत ल्याब असिस्टेन्टहरूले आफूहरूलाई पनि सर्ने भन्दै रगत परीक्षण गर्न मानेनन्। रोकायले सोही स्वास्थ्य केन्द्रबाटै यसअघि पटकपटक रगत जाँच र एक्सरे सेवा लिइसकेका थिए। तर, यसपटक ल्याबका कर्मचारीले आफूहरूलाई पनि एचआईभी सर्न सक्ने भन्दै जाँच नगरेपछि रोकाय घर फर्किन बाध्य भए। ‘डाक्टरले रगत परीक्षणका लागि ल्याबमा पठाए, ल्याबमा पुुग्दा त्यहाँका कर्मचारीले हामीलाई पनि रोग सर्न सक्छ भन्दै मलाई फिर्ता पठाए’, रोकायले भने, ‘मैले एआरटी प्रयोग गर्न थालेको ११ वर्ष भयो, अहिले सुुगरले घरमै थला परेको छुु। छोराछोरीसहित अस्पताल गएको थिएँ, तर संक्रमित भन्ने थाहा पाएपछि मेरो उपचार नै गरिदिएनन्।’
परिवार र समाजको तिरस्कार छँदै छ, स्वास्थ्यकर्मीको समेत बेवास्ताले संक्रमितथप पीडित छन्।
रोकायले लामो समयदेखि एचआईभी संक्रमितहरूकै क्षेत्रमा सामुुदायिक सहजकर्ताका रूपमा काम गरेका छन्। तर अहिले स्वास्थ्यकर्मीहरूबाटै संक्रमितमाथि विभेद भएको भन्दै यसले आफूहरूमाथि पीडा थपिएको उनको गुनासो छ। हाल पश्चिम सुुर्खेतमा रहेका संक्रमितएआरटी सेवाका लागि वीरेन्द्रनगर आउनुुपर्ने बाध्यता छ। बारम्बार वीरेन्द्रनगर पुुग्नुुपर्ने बाध्यताले आर्थिक समस्या झेल्नुुपरेको उनीहरूको भनाइ छ। परिवार र समाजको तिरस्कार छँदै छ, स्वास्थ्यकर्मीको समेत बेवास्ताले संक्रमितथप पीडित बनेका छन्। यसैबीच प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका प्रमुुख डा.सन्दीप महतले संक्रमितको उपचार नभएको स्वीकार गरे। ‘मैले रगत परीक्षणका लागि ल्याबमा पठाएको थिएँ, तर सिस्टरहरूले एचआईभी सर्ने जोखिम हुुन्छ भनेर फिर्ता पठाउनु भएछ’, उनले भने, ‘मैले धेरै प्रयास गरेँ, तर ल्याब असिस्टेन्टले सकिँदैन भनेपछि मैले नै उहाँलाई क्षेत्रीय अस्पतालमा रिफर गरेको हुुँ।’
स्वास्थ्यकर्मीले त्रासका कारण संक्रमितको उपचार गर्न नमाने पनि डा.महतले भने स्वास्थ्य केन्द्रमा एआरटी केन्द्र नहुुँदा पनि उपचार सम्भव नभएको दाबी गरे। उपकरण अभावमा संक्रमितको उपचार गर्न ल्याबका कर्मचारीले नमानेको उनको भनाइ छ। यद्यपि यसअघि हालकै उपकरणमा संक्रमितले उपचार सेवा लिइरहेका थिए। संविधानमै हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुुल्क हुुने र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने स्पष्ट व्यवस्था छ। तर सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा एचआईभी संक्रमित स्वास्थ्य सेवा पाउने अधिकारबाट वञ्चित छन्।