नयाँ विवादले तातियो स्पेनिस फुटबल

नयाँ विवादले तातियो स्पेनिस फुटबल

म्याड्रिड : स्पेनिस फुटबल पछिल्लो साता एउटा नयाँ विवादले खुबै तातिएको छ । युरोपकै चर्चित र महँगोमध्येको स्पेनिस ला लिगा आयोजना गर्ने समितिले गत साता सबैलाई आश्चर्यमा पार्ने गरी नयाँ घोषणा गरेको थियो । उसको घोषणामा भनिएको थियो, यो सिजन स्पेनिस ला लिगाका केही खेल उत्तर अमेरिकी देशहरूमा आयोजना गरिने छ । लिग समितिले उत्तर अमेरिकामा फुटबलको माहोल बढाउन यो निर्णय गरिएको र यो नयाँ नियमअनुसार एक टोलीले कम्तीमा एक खेल त्यहाँ खेल्नुपर्ने पनि जनाएको थियो ।

त्यसका लागि स्पेनिस लिग समितिले अमेरिकाको खेलकुद र मनोरञ्जनसम्बन्धी ठूला कार्यक्रमहरू गर्दै आएको समूह रिलेभेन्टसँग सम्झौता गरिसकेको समेत जनाएको थियो । यद्यपि खेलाडीहरू नै यो निर्णयको विरोधमा उत्रिएपछि विवाद चुलिएको छ ।

स्पेनिस फुटबल खेलाडी संघ (एएफई) र ला लिगा खेल्ने २० वटै क्लबका कप्तानहरूले निर्णयको विरोध गरेका छन् । रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय टोलीका समेत कप्तान रहेका सर्जियो रामोससहितका खेलाडीहरूले घरेलु लिगका केही खेल उत्तर अमेरिकामा गरिने निर्णयको कडा विरोध गरेका छन् । उनीहरूले निर्णय फिर्ता नभए आन्दोलनमै उत्रने चेतावनीसमेत दिएका छन् ।

एएफईले बुधबार साँझ बैठक बसी ला लिगा खेल स्पेनबाहिर लाने निर्णयलाई परिवर्तन गराउन जस्तोसुकै संघर्ष पनि गर्ने निर्णय गरेको छ । बैठकमा रियलका रामोससहित ला लिगा खेल्ने २० वटै क्लबका कप्तानको उपस्थिति थियो, जसमा बार्सिलोनाबाट सर्जी रोबर्टाे उपस्थित भएका थिए ।

एएफईका अध्यक्ष डेभिड अगन्जोले अर्काे महिना लिग समितिका अध्यक्ष जेभियर तेबाससँग भेटी खेलाडीहरूको विरोधका बारेमा जानकारी गराउने भएका छन् । ‘सबै खेलाडी यो निर्णयको विरोधमा छन् । ला लिगाका सबै खेलाडी स्पेनबाहिर लिग खेलाउने निर्णयको विरोधमा हामीसँगै छन्’, अगन्जोले भने । खेलाडीहरूको विरोधपछि स्पेनिस फुटबल संघले भने आफ्नो धारणा सार्वजनिक गरेको छैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.