राष्ट्रपति भण्डारीलार्इ विद्युतीय गाडी

राष्ट्रपति भण्डारीलार्इ विद्युतीय गाडी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको विद्युतीय सवारीसाधन चढ्ने चाहना पूरा भएको छ। राष्ट्रपति कार्यालयले खरिद गरेको विद्युतीय गाडी बिहीबार शीतलनिवास भित्रिएको छ।

राष्ट्रपति भण्डारीका लागि करिब ६० लाख रुपैयाँ पर्ने कालो कार खरिद गरिएको हो। चिनियाँ बीवाईडी कम्पनीको ई–सिक्स मोडलको आरामदायी कार कम्पनीका चिनियाँ प्रतिनिधिले बिहीबार शीतलनिवासमा राष्ट्रपति कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरे। अत्यधिक वायु प्रदूषणले काठमाडौं उपत्यका र ठूला सहरहरू उकुसमुकुस बनाएपछि प्रदूषण न्यूनीकरणका लागि विद्युतीय गाडी किनिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए। यसअघि राष्ट्रिय योजना आयोगले यस्तै गाडी खरिद गरिसकेको छ।

‘राष्ट्रपतिसँग जैविक इन्धनले गुड्ने गाडी आधा दर्जनभन्दा धेरै छन्’, प्रवक्ता पराजुलीले भने, ‘तर वायु प्रदूषण घटाउन सबै नेपालीलाईसमेत प्रेरणा दिन विद्युतीय गाडी खरिद गरिएको हो।’ वायु प्रदूषण न्यूनीकरण गर्न चीन, भारत र युरोपेली देशहरूले सन् २०३० भित्र पेट्रोलियमबाट चल्ने सवारीसाधन विस्थापित गर्ने निर्णय गरिसकेका छन्। नेपालले पनि पेट्रोलियमबाट चल्ने सवारी हटाउने निर्णय गरिसकेको छ। कम्पनीले कार आरामदायी र उत्कृष्ट भएको दाबी गरेको छ।

राष्ट्रप्रमुखले विद्युतीय गाडी प्रयोग गरेपछि मन्त्री, सरकारका वरिष्ठ अधिकारी र सर्वसाधारण समेत आर्कषित हुने वातावरणविद् भूषण तुलधारले बताए। ‘बाँच्नका लागि ३÷३ सेकेन्डमा फेरिने श्वास सफा बनाउने दायित्व हामी सबैको हो। प्रदूषण न्यूनीकरण गर्न राज्यले सकारात्मक प्रयास गरेको छ’, उनले भने, ‘नेपाल जस्तो देशमा खासै सुरक्षा चुनौती छैन। सुरक्षा व्यवस्था चुस्त हुने भएकाले विद्युतीय गाडी प्रयोग गर्न सकिन्छ।’ बुलेटप्रुफ विद्युतीय कार अहिलेसम्म निर्माण भएका छैनन्।

वातावरण विभागको तथ्यांकअनुसार देशा वायु प्रदूषणको स्तर राष्ट्रिय मापदण्डभन्दा तेब्बर छ। वायु प्रदूषणको ३८ प्रतिशत सवारीसाधनबाट निस्कने धुवाँ रहेको अनुसन्धानले देखाएको छ। पीएम २ दशमलव ५ भन्दा सानो धुलोका कणको स्रोत पेट्रोलियमबाट चल्ने सवारीसाधनको धुवाँ नै भएको पाइएपछि नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी सञ्चालन प्राथमिकतामा राखेर शतप्रतिशत राजस्व र नवीकरण दस्तुरमा छुट दिएको बताए। हाल काठमाडौंमा भारतीय कम्पनी महिन्द्राले उत्पादन गरेको ईटूओ, कोरियामा निर्मित किया सोल र बीवाईडी कम्पनीको ई–सिक्स मोडलका सवारी उपलब्ध छन्।

विद्युतीय सवारी चलाउन सरकार नै बाधक

विभागले वातावरणमैत्री यातयात नीति स्विकृत गरे पनि विद्युतीय सवारी सञ्चालनको अनुमति दिने मापदण्ड तय गर्न सकेको छैन। सवारी परीक्षण केन्द्र टेकुले विद्युतीय सवारीको क्षमता परीक्षण गर्न सेतो गुम्बाको उकालो चढाउने गर्छ। १२ डिग्री उकालो उक्लन नसक्ने विद्युतीय सवारीलाई विभागले दर्ता नगर्दा सरकार नै यस्ता सवारी सञ्चालनमा बाधक देखिएको हो। बिनाआधार सडक क्षमता परीक्षणका नाममा विभागले तोकेको १२ डिग्री उकालोले विद्युतीय सवारी खरिद बिक्रीसमेत ठप्प हुने स्थिति छ। विभागले वातावरणमैत्री यातायात नीति स्विकृत गरिसकेपछि पनि यस्तो अंकुश लगाउँदा वायु प्रदूषण अझै बढ्दै गएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि करिब ६० लाख रुपैयाँ पर्ने कालो आरामदायी विद्युतीय कार खरिद गरिएको हो।

सवारी परीक्षण केन्द्र टेकुका प्रमुख सिनियर डिभिजन इन्जिनियर रामचन्द्र पौडेलले देशभरिका राजमार्ग १० डिग्रीभन्दा उकालो नभएको तर विद्युतीय गाडी दर्तामा हचुवाका भरमा १२ डिग्री राख्नु अनुपयुक्त भएको बताए। ‘भारतमा ७ डिग्री र युरोपमा १२ डिग्रीलाई मान्यता दिने गरिएको छ’, उनले भने। विभागले हालसम्म बेला कम्पनीको ग्लोरिया, पोल्स, एस्प्रो, ड्युरो, स्मल स्पोर्टिभ मोडलका स्कुटर र कारमा भारतको रेवा, कोरियाको किया सोल, चीनको बीवाईडी ई–सिक्स, ईओएनई–फोर मोडलका गाडीलाई उपत्यकामा गुड्ने अनुमति दिएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.