अझै भेटिएनन् बबई नदीमा बेपत्ता गेमस्काउट

अझै भेटिएनन् बबई नदीमा बेपत्ता गेमस्काउट

गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्जको गस्तीसँगै पोष्ट मर्मतका लागि बबई नदीको जलमार्ग भएर हिँडेको र्‍याफ्ट डुब्दा शनिबार नदीमा बेपत्ता भएका निकुञ्जका गेमस्काउट भोला यादव अझै भेटिएका छैनन्।

बबई नदीको चेपाङ्गदेखि परेवा ओडारसम्मको यात्रामा निस्किएको डुँगा निकुञ्ज भित्रको बबई उपत्यकाको मूलघाटमा अनियन्त्रित भई डुब्दा गेमस्काउट बेपत्ता भएका थिए।

रुपन्देही घर भएका २४ वर्षीय यादवको खोजी कार्य जारी भैरहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताएका छन्। यादवको खोजीका लागि निकुञ्जका ५ वटा हात्ती, ४ वटा रबर बोर्ट, एउटा मोटर बोर्ट प्रयोग भैरहेको उनले बताए। बबईको चेपाङ्गदेखि बबई पुल र गुलरियासम्म उनको खोजी गर्दा पनि फेला पार्न सकेको छैन।

नेपाली सेना, निकुञ्ज प्रशासन, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवालगायत स्थानीयले समेत यादवको खोजी गरिरहेको भण्डारीले बताए। सात दिन पुगिसक्दा पनि उनको अवस्था अझै पत्ता लगाउन सकिएको छैन। 

भण्डारीले भने दुईवटा डुंगा लिएर निकुञ्जको टोली विभिन्न चेकपोष्टमा बिजुली, सोलारलगायत मर्मतका साथै गस्ती गर्दै हिँड्ने क्रममा शनिबारर  बिहा मूलघाटको घुम्तीमा आकस्मिक दुर्घटना भएको थियो। संगै रहेका २ डुँगामध्ये एउटा डुंगा डुबेपछि त्यसमा सबार ७ जनामध्ये ६ जना पौडेर बाँच्न सफल भएको भण्डारीले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.