सञ्जय दत्तका नखुलेका रहस्य

सञ्जय दत्तका नखुलेका रहस्य

राजेन्द्र कुमारले आफ्नो छोरा कुमार गौरवको करियरलाई उचाइ दिन ‘नाम’ फिल्म बनाए। गौरव हराए तर यही फिल्मबाट सञ्जयले बलिउडमा आफ्नो कब्जा जमाए। सञ्जय दत्तको पहिलो फिल्म ‘राँकी’ सन् १९८१ मा रिलिज भएको थियो। फिल्म रिलिज हुनु अगाडि नै सञ्जय दत्तले ड्रग लिन सुरु गरेका थिए। लागुऔषधको लतमा उनी विस्तारै फस्दै गए।

एक दिन उनी ‘हेरोइन’ लिएपछि मज्जाले निदाएछन्। भोक लागेर उठेपछि उनी नजिकै बसिरहेका उनका सेवक रुन थालेछन्। सञ्जयले किन रोएको भनेर सोध्दा ‘तपाईं दुई दिनपछि मात्रै उठ्नुभयो बाबा’ भनेर भने। यस्तो अवस्थामा पुगिसकेका सञ्जयको दुई वर्षसम्म अमेरिकामा उपचार गराए पछि मात्रै उनी खराब आदत छाड्न सफल भए।

हेर्दा रफ टफ देखिए पनि सञ्जय दत्तको त्यतिबेलाका धेरै नायिकासँग नाम जोडिएको थियो। यीमध्ये माधुरी दीक्षितको विषयमा उनी निकै गम्भीर देखिन्थे। आफ्नी पत्नी ऋचाको मृत्युपछि सञ्जय दत्त निकै दुःखी थिए। त्यो बेलामा माधुरीसँग उनले केही फिल्ममा काम गरेका थिए। यही अवधिमा दुवैजना एकअर्काप्रति आकर्षित भएका थिए। यहाँसम्म कि दुवैले एकअर्कासँग विवाह गर्ने निधोसमेत गरिसकेका थिए। तर सञ्जय अवैध हतियार राखेको अभियोगमा जेल परेपछि माधुरी पछि हटिन्। त्यसपछि दुवैको सम्बन्ध टुट्यो। उनीहरूले आफूबीचको सम्बन्धलाई कहिल्यै स्विकारेनन्।

सञ्जय र रेखाबीच प्रेमको हल्ला पनि केही समय चुलिएको थियो। कुनै पत्रिकाले त सञ्जय र रेखाले विवाह गरिसके भन्नेसम्मको समाचार प्रकाशित गरेका थिए। तर केही बलिउडकर्मीका अनुसार अमिताभ र रेखाको जोडी तोड्न यस्तो हल्ला फैलाइएको थियो।

सन् १९८६ मा राजेन्द्र कुमारले आफ्नो छोरा कुमार गौरवको करियरलाई उचाइ दिन ‘नाम’ फिल्म बनाए। उक्त फिल्ममा सञ्जयले पनि अभिनय गरेका थिए। कुमारको करियर बनाउन बनाइएको उक्त फिल्मको परिणाम उल्टो निस्कियो। यही फिल्म सञ्जयको करियरमा टर्निङ प्वाइन्ट सावित भयो। यसैमार्फत उनले बलिउडमा आफ्नो कब्जा जमाए। सञ्जयको अभिनयले अमिताभ यति प्रभावित भए कि कुमार र सञ्जय दुवै जनालाई उनले आफ्नो घरमा डिनरका लागि बोलाए र सुनको सिक्री उपहार दिए।

एकताका सलमान खान सञ्जय दत्तको निकै ठूला फ्यान थिए। नब्बेको दशकमा उनले आफ्नो हेयर स्टायलसमेत सञ्जयको जस्तै बनाएका थिए। फिल्म ‘साजन’मा यी दुवै नायकसँगै देखिए र उनीहरूबीच मित्रता पनि गाँसियो। सञ्जयले नै सलमानलाई जिम जान प्रेरित गरेका थिए। पछि गएर यी दुवै जना मिलेर ‘बिग बोस’ नामक कार्यक्रम सञ्चालन गरेका पनि दर्शकले देखे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.