कन्ट्री भिल्लाको खाना

कन्ट्री भिल्लाको खाना

ललितपुर, ग्वार्कोका उजोल डंगोल फुर्सद भयो कि काठमाडौंबाट नजिकको पर्यटकीयस्थल नगरकोट हुइँकिन्छन्। उनलाई नगरकोट यति मन पर्छ कि वर्षमा एक पटक २०÷२२ जनाको पारिवारिक जमघट नगरकोटमै गराउँछन्। र, उनको रोजाइ हुन्छ, त्यहाँको होटेल कन्ट्री भिल्ला।

शुक्रबार, शनिबार नगरकोट क्षेत्रमा व्यापक भीडभाड हुन्छ। मोटरसाइकलमा जोडी बाँधेर हुइँकिनेहरू त कति हो कति। तिनीहरू डाँडाकाँडामा सेल्फी लिइरहेका देखिन्छन्। उनीहरू खाजा खान सामान्य होटेल छिर्छन्। त्यहाँका तारेजस्ता लाग्ने होटेल महँगा होलान् भन्ने धेरैलाई लाग्छ। होटेल कन्ट्री भिल्लाका प्रमुख सेफ डिल्लीबहादुर बस्नेत भन्छन्, ‘नगरकोटका तारेजस्ता लाग्ने होटेल महँगा छैनन्। ठूला होटेलले खानाको गुणस्तरमा जति ध्यान दिन्छन्, बरु साना होटेलमा त्यो नहुन सक्छ।’ बस्नेतका अनुसार होटेलमा बस्ने फिक्स ग्राहकले त्यहाँ खाना ताजा हुन्छ, होटेलको आफ्नै बेकरीसमेत रहेको छ। यी बेकरी बिहानी प्रयोगको लागि त्यही दिन बनाइन्छ।

कन्ट्री भिल्लाले फलफूल र तरकारी स्थानीय किसानहरूकै प्रयोग गर्छ। केही समय होटेलले आफ्नै अग्र्यानिक फर्म पनि चलाएको थियो। विविध कारणवश अहिले बन्द छ। तर चाँडै पुनः आफ्नै अग्र्यानिक फर्म चलाउने योजना रहेको म्यानेजिङ डाइरेक्टर श्यामकृष्ण ध्वजू बताउँछन्। प्रमुख सेफ डिल्लीबहादुर बस्नेतको अन्डरमा १४ जना कुक काम गर्छन्। यी पनि प्रायः स्थानीय नै रहेका छन्।

विश्वकपमा सबै देशका खाना

फुटबलको विश्वकप हालै सकिएको छ। फुटबलको प्रत्यक्ष प्रसारणको बेला छुटमा खानाको परिकार पस्किँदै ग्राहक तान्न धेरै होटेल, रेस्टुरेन्टहरूले विभिन्न थरी योजना ल्याएका थिए। त्यसबेला होटेल कन्ट्री भिल्लाले जुन योजना ल्याएको थियो, अरूले शायदै त्यो परिकल्पना गर्न सके। होटेलका म्यानेजर कृष्ण कटुवाल भन्छन्, ‘हामीले जुन देशको खेल भयो, त्यही देशको खाना पस्कियौं। समर्थकहरूले आआफ्नो समर्थक रहेको देशको खानाको मजा लिँदै विश्वकपको मजा लिए।’

प्रमुख सेफ डिल्लीबहादुर बस्नेतका अनुसार खाना पकाउनु पनि टिम वर्क हो। विश्वकपमा सहभागी देशको खाना बनाउने बेला म्यानेजमेन्ट टिमले खाना बनाउने तरिकाबारे गुगल सर्च गर्‍यो। सोहीअनुसार कुक टिमले सामग्री भेला गरेर परिकार बनायो।

साउनको दोस्रो साता होटेल कन्ट्री भिल्ला छिर्दा त्यहाँ चिनियाँ पर्यटकहरूको भीडभाड थियो। चिनियाँहरूको नयाँ वर्ष माघ, फागुनको बेला चिनियाँ पर्यटक अझ बढी ओइरिन्छन्।

२०५२ सालमा कन्ट्री भिल्ला खुल्यो। यहाँ ६० वटा कोठामा एक सय २० जना ग्राहक राख्ने क्षमता छ। दुई जनालाई एक रात बास र खानाको ६८ सयदेखि ११ हजार पाँच सय रुपैयाँसम्मको प्याकेज छ। भिल्ला खुल्दा नगरकोटमा जम्मा ८÷१० होटेल मात्रै थिए। अहिले साना ठूला गरी सयौं खुलिसके। यहाँ निकै प्रतिस्पर्धा छ। म्यानेजिङ डाइरेक्टर श्यामकृष्ण ध्वजू भन्छन्, ‘बरु भुइँचालोले खासै असर गरेन तर नगरकोट पुग्ने बाटोले हामीलाई हैरानै बनायो। यसले ५० प्रतिशत ग्राहक घटेका छन्।’ एयरपोर्टबाट नगरकोटको दूरी जम्मा २८ किमि हो। तर कमलविनायकबाट १५ किमि सडक खनेर छाडिएको छ। साना गाडीलाई हिँडन सकस छ। त्यहाँका होटेल व्यवसायी भन्छन्, ‘नगरकोट पुग्ने बाटो चाँडै बनाइ दिनुपर्‍यो, अरू केही चाहिँदैन।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.