जानकी मन्दिरको नाममा लाखौं भ्रष्टचार

जानकी मन्दिरको नाममा लाखौं भ्रष्टचार

जनकपुरधाम : जनकपुरको प्रसिद्ध जानकी मन्दिर सौन्दर्यीकरणको नाममा प्रदेश तथा स्थानीय सरकारबाट लाखौं खर्च भएको दाबी गरिए पनि मन्दिर व्यवस्थापनका लागि कुनै विशेष काम गरेको भने पाइएको छैन।

सयौंको संख्यामा मन्दिर दर्शनका लागि पुग्ने स्वदेशी तथा विदेशी पाहुनाका लागि मन्दिर बाहिर जुत्ता चप्पल राख्न समेत बन्दोबस्त नहुँदा दिनहुँ जुत्ता चप्पल चोरी हुने गरेको भक्तजनको गुनासो छ। 

जनकपुरधाम उपमहानगरपालिकाले नगर परिषदमा सार्वजनिक गरेको आयव्ययको विवरणमा जानकी मन्दिर र राम मन्दिरको सौन्दर्यीकरण गर्न ४६ लाख ६१ हजार ८८६ रुपैयाँ खर्च भएको जनाएको छ।

जानकी मन्दिर सौन्दर्यीकरण शीर्षकमा उपमहानगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यसैगरी प्रदेश सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा जानकी मन्दिरमा रंगरोगन, सूचना प्रकाशन, प्रशारण उपहार शीर्षकमा २५ लाख ६ हजार ५५ रुपैयाँ खर्चिएको भुक्तानी समेत संघीय सरकारबाट पाइसकेको छ।

तर, यतिधेरै रकम खर्चिदा समेत मन्दिरमा कुनै खास काम नभएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णव बताउँछन्। छोटे महन्थ दास भन्छन्, ' प्रदेश तथा स्थानीय सरकारले जानकी मन्दिरमा यतिधेरै रकम खर्च गरेको बारे आफूलाई थाहा छैन्। 

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला प्रदेश सरकारको तर्फबाट मन्दिरको भित्री भागमा मात्र सेतो रंगले हाइलाइट गरेको र मन्दिरको चारैतिर गेट लगाउने काम प्रदेश सरकारबाट भएको थियो। 

लाखौं खर्च भएको बारे केही भन्न नसकिने महन्थ दास बताउँछन्। त्यसैगरी जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्रीको भ्रमण सकिएको दुईदिन पछि आएको हावाहुरीले मन्दिर बाहिरको पर्खाल भत्काउँदा त्यसको मर्मत गराएको थियो। 

उपमहानगरपालिकाले ४७ लाख खर्च भएको भनि दिएको विवरण पूरै गलत रहेको महन्थ दासको दावी छ। मन्दिरमा आउने श्रद्धालुको जुत्ता चप्पल व्यवस्थापनका लागि तीन वर्षअघि वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको तर्फबाट दुईवटा चदराका स्टल उपलब्ध गराइए पनि ती स्टल व्यवस्थित गर्ने कर्मचारी नहुँदा हाल प्रयोगबिहीन छन्।

उपमहानगरपालिकालाई श्रद्धालुको सुविधाको बन्दोबस्त मिलाउन दुईजना कर्मचारीको व्यवस्था गरिदिन पटकपटक अनुरोध गरेपनि हालसम्म कुनै सुनवाइ नभएको महन्थ दासले बताए। 

मन्दिरमा हाल कार्यरत रहेका २१ जना भजन किर्तन गर्ने किर्तनीया, ८ जना पूजारी, ४ जना भान्से, ४ जना मालिसहित ७० जना कर्मचारीको तलब तथा भरणपोषण मन्दिरको आन्तरिक स्रोत भेटी र चढौनाबाट नै हुने गरेको छ। मन्दिरमा हुने विभिन्न पर्व र उत्सव व्यवस्थापनको काम पनि मन्दिरको आफ्नो खर्चबाट नै हुने गरेको छ। 

यस वर्ष प्रदेश सरकारले मन्दिरको बाहिरी परिसरमा पुरै मार्बल लगाउने र चारजना कुचिकार थप गर्ने आश्वासन दिएको महन्थ दासले जानकारी गराए। 

यता, जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रिता झाले भारतीय प्रधानमन्त्रीको भ्रमणको बेला मन्दिरको सौन्दर्यीकरणको शीर्षकमा छुट्याइएको रकम खर्च भएको बताएकी छन्। उनले भनिन्, ' ५० लाख रकममध्ये ३ लाख भत्केको पर्खाल मर्मतमा खर्चिएको र बाँकी रकम भारतीय प्रम मोदीको भ्रमणमा खर्चिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.