कञ्चनपुर अपडेट : नयाँ सिडिओ र एसपी पुगेलगत्तै मारिए किशोर

कञ्चनपुर अपडेट : नयाँ सिडिओ र एसपी पुगेलगत्तै मारिए किशोर

कञ्चनपुर : शुक्रबार दिनभर शान्त रहेको महेन्द्रनगर बजारमा साँझ एक्कासी आन्दोलन चर्किँदा एकजना किशोले ज्यान गुमाएका छन् । नगरपालिका क्षेत्रमै प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका-१८ भगतपुर बस्ने १७ वर्षीय सन्नी खुनारको ज्यान गएको छ । खुनारको पेटमा गोली लागेर अस्पताल लगिएपछि ज्यान गएको हो । 

अस्पताल लगिएपछि उनको मृत्यु भएपछि शवलाई प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि लगेर राखिदिएका छन् । बिहीबार भएको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीले चलाएको गोली लागेर ६ जना घाइते भएका थिए । त्यसपछि सरकारले कञ्चनपुरका प्रजिअ, एसपी र डीएसपीलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा काठमाडौँबाट पठाएको थियो ।

काठमाडौँबाट प्रजिअका रुपमा तारानाथ अधिकारी र एसपीकारुपमा कुबेर कडायत पुगेलगत्तै प्रहरीको गोलीबाट किशोर मारिएका हुन् । प्रहरीको गोली लागेर अर्का युवक चेतन भट्ट घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । यो घटनामा कम्तिमा पनि १७ जना घाइते भएका छन् । 

मेयरको घर तोडफोड

यसैबीच प्रदर्शनकारीले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घर पनि तोडफोड गरेका छन् । प्रदर्शनले हिंसात्मक रुप लिएपछि मेयरको घरमा आगोसमेत लगाउन खोजिएको थियो । तर तत्कालै प्रहरी पुगेपछि घरमा आगो लगाउन दिए । प्रदर्शनकारीले विष्टको घरमा भने तोडफोड गरेका छन् । 

ट्राफिक र नगरपालिकामा पनि तोडफोड 

प्रदर्शनकारीहरुले भीमदत्त नगरपालिकास्थित जिल्ला ट्राफिक कार्यालयमा तोडफोड गरेका छन् । त्यसैगरी भीमदत्त नगरपालिकाको कार्यालयमा पनि तोडफोड भएको छ । 

नगरपालिका र मेयरको घर तोडफोड भएपछि प्रहरी अवस्था नियन्त्रण बाहिर गएको निचोडसहित गोली चलाएको हो । प्रदर्शनकारीले ढुंगामुडा गरेर अवस्था नियन्त्रण बाहिर लाने प्रयास गरेपछि गोली चलाउन बाध्य भएको जिल्लास्थित एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् । 

आन्दोलनमा घुसपैठ ? 

स्थानीय प्रशासनले शुक्रबार अचानक आन्दोलन उठ्नुमा घुसपैठ भएको आशंका गरेको छ । जिल्लाको कमाण्ड सम्हाल्न नयाँ सीडीओ र एसपी आएको अवस्थामा अचानक आन्दोलन उठेर घटना भएपछि स्थानीय सुरक्षा अधिकारीले यस्तो आशंका गरेका हुन् । 

अर्कातिर सरकाले गठन गरेको उच्चस्तरीय छानबिन समितिले काम गर्न नपाउँदै रक्तपातपूर्ण भिडन्त भएको हो । प्रहरीको गोलीले किशोरको ज्यान गएपछि महेन्द्रनगर क्षेत्र अहिले तनावग्रस्त छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.