कञ्चनपुरमा फेरि अनिश्चितकालीन कर्फ्यू
कञ्चनपुर : प्रदर्शन हिंसात्मक बन्दै गएपछि कञ्चनपुरमा शुक्रबार साँझ ८ बजेबाट फेरि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। महेन्द्रनगर बजार आसपासका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको हो।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि कञ्चनपुरमा चार दिनयता तनाव बढेको हो।
शुक्रबार साँझ भएको झडपमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका १८ भगतपुर बस्ने १७ वर्षीय सन्नी खुनारको मृत्यु भएको छ। अन्य २४ जना घाइते छन्। गोली लागेर घाइते भएका सातजनालाई महाकाली अञ्चल अस्पतालले उपचारका लागि विभिन्न अस्पतालमा रिफर गरेको छ। अन्य घाइतेको भने स्थानीय अस्पतालमा उपचार भइराखेको छ।
- कञ्चनपुरमा भ्यान दुर्घटना दुईको मृत्यु
- बलात्कारपछि बालिका हत्या प्रकरणः सीआईबीको टोली कञ्चनपुरमा
- बालिका हत्या प्रकरण : सीआईबीको टोली कञ्चनपुरमा
- बलात्कारपछि निर्मला हत्याकाण्ड : एसएसपी चन्द कञ्चनपुरमा खटाइए
- कञ्चनपुरमा गोली चल्यो, कम्तिमा सातजना घाइते
- कञ्चनपुरमा प्रदर्शन : अश्रुग्यास सकिएपछि प्रहरीले गोली चलायो
- बालिका हत्या प्रकरण: कञ्चनपुरका सिडिओ मन्त्राालय तानिए
- कञ्चनपुरमा प्रहरीको गोलीले घाइते भण्डारालाई भेट्न गृहमन्त्री अस्पतालमा
- कञ्चनपुरमा फेरि तनाव : प्रहरीको गोलीले एकजनाको मृत्यु