नुवाकोटमा प्रकाण्डले भने : गलत मुद्दाको भारी बोकाइयो

नुवाकोटमा प्रकाण्डले भने : गलत मुद्दाको भारी बोकाइयो

नुवाकोट : म्याद थप आदेशपछि नुवाकोट जिल्ला अदालत परिसरबाट बाहिरिने क्रममा विदुरमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संविधानमा असहमति जनाएकै कारण आफूलाई पक्राउ गरेको बताएका छन्। यसरी पक्राउ गर्नुलाई उनले पूर्वाग्रह बताएका छन्। सरकारले बिनाकारण आफूलाई सरकारले मानसिक यातना दिएको आरोप उनको छ।

गणतन्त्रमा विचार, आस्था बोकेर हिडडुल गर्न पाउने नागरिकको अधिकार रहेको तर प्रहरीले आफूविरुद्ध झुटा आरोप लगाएको बताएका छन्। ‘ममाथि लगाइएको सबै आरोप र मुद्दा निराधार छन्’, प्रकाण्डले भने, ‘राजनीतिक प्रतिशोधका लागि यी गलत मुद्दाको भारी बोकाइएको हो।’ 

आफ्नो पार्टी जनताको जनजीविकासँग सम्बन्धीत सवाल लिएर जनताकै बीचमा केन्द्रित भइरहँदा सरकार दमनमा उत्रिएको उनको आरोप छ। उनले न्यायालयको आदेश नमानेर सरकारले स्वतन्त्र न्यायपालिकाको मर्ममासमेत प्रहार गरेको आरोप लगाएका छन्।

उनले बिहीबार सर्वोच्चको आदेशपछि रिहा भएपनि सरकारले छापामार शैलीमा गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन्। ‘आकस्मिक रुपमा झुटो मुद्दा लगाएर नुवाकोट ल्याइयो’, उनले भने।

कालिकोट जिल्लाको मान्कोट घर भएका ५० वर्षीय विकले आफू राजनीतिक उद्देश्यका लागि हिँडेको एउटा नागरिक भएका कारण कुनै पनि अपराधिक कर्ममा सहभागी नभएको जिकिर गरेका छन्। 

विभिन्न झुटा मुद्दामा प्रहरीले आफूलाई मानसिक यातना दिएको उनको आरोप छ। ‘बिहीबार सार्वोच्च अदालत परिसरबाटै नियन्त्रणमा लिएपछि भोजपुर लैजाने भन्दै प्रहरीले भक्तपुर पुर्‍याए। फेरि माथिको आदेश भन्दै महाराजगञ्ज वृत्त पुर्याए’, उनले भने, ‘कहिले बालाजु वृत्त पुर्याउँदै अहिले नुवाकोट ल्याएका हुन्।’ 

आफूलाई पक्राउ गरेर नुवाकोट ल्याएको घटना आफ्ना परिवारलाई जानकारी गर्नसमेत नदिएर प्रहरीले कानुनको अवमूल्यन गरेको बयान उनले अदालतमा दिएका छन्। 

संगठित अपराधको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सरकारी वकिल कार्यालय लादा प्रहरीले हतकडी लगाएन। प्रकाण्ड पूर्वमन्त्रीसमेत हुन्। २०६३ सालको अन्तरिम व्यवस्थापिका संसदका सांसद सदस्य उनी गिरिजाप्रसाद कोइराला सरकारमा महिला बालवालिका तथा समाज कल्याणमन्त्री थिए भने झलनाख खनाल प्रधानमन्त्री हुँदा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए।

‘मेरो कुरा सुन्न आम जनता चाहन्छन्। सञ्चारमाध्यममार्फत बोल्न चाहन्छु’, जिल्ला अदालतमा पुगेपछि विकले भने। तर,  प्रहरीले बोल्न दिएनन्। बोल्न नदिएको भन्दै उनले आपत्ति जनाए। ‘जागिर जान्छ भन्दै पुलिसले मलाई बोल्न दिएनन्’, न्यायाधीशसँग अनुरोध गर्दै प्रकाण्डले भने, ‘यहाँले मलाई बोल्ने अवसर मिलाइदिनु पर्यो।’ 

नुवाकोट अदालतका श्रेस्तेदार शिवप्रसाद बञ्जाराले आफ्नो कार्यकक्षमा प्रकाण्डलाई सत्कार गर्दै कार्यकक्षको सोफामा बस्न आग्रह गरे। 

उनले सन्चोबिसन्चो सोधे  र चियासमेत पिलाए। तर, प्रकाण्ड त्यत्तिमा मात्र खुशी भएनन्। उनले पत्रकारसँग बोल्न चाहेका थिए। फेरि पनि प्रहरीले बोल्न दिएनन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.