एसियाली खेलकुद : सुखद रहेन बक्सिङको सुरुआत

एसियाली खेलकुद : सुखद रहेन बक्सिङको सुरुआत

जकार्ता (इन्डोनेसिया) : १८औं एसियाली खेलकुद प्रतियोगिताको बक्सिङमा पनि नेपालको सुरुआत सुखद् रहन सकेन। बक्सिङको पहिलो दिन शुक्रबार नेपाली खेलाडी संगीता सुनार आफ्नो पहिलो खेलमै पराजित भइन्। महिला फिदर वेट ५७ केजी तौलसमूहको प्रिक्वार्टरफाइनल खेलमा थाइल्यान्डकी निलावान तेचासुएपले संगीतालाई ५-० ले पराजित गरिन्।

एसियाली खेलकुदको इतिहासमा बक्सिङ नेपाललाई दोस्रो सर्वाधिक पदक दिलाउने खेल हो। बक्सिङले हालसम्म एसियाली खेलकुदमा नेपाललाई ६ वटा कांस्य पदक दिलाएको छ। बक्सिङले सन् १९८६ को एसियाडमा पहिलो पटक पदक जितेको थियो।

यसैगरी शुक्रबार भएको ब्याडमिन्टनको तीनवटै स्पर्धामा नेपाली खेलाडीले पराजय व्यहोरेका छन्। महिला डबल्सतर्फको प्रिक्वार्टरफाइनल खेलमा नेपालकी अमिता गिरी र रसिला महर्जनको जोडी दक्षिण कोरियाली खेलाडीसँग २-० को सोझो सेटमा पराजित भए।

दक्षिण कोरियाका किम हाइरिन र कोङ हियोङको जोडीसँग पहिलो सेटमा २१-७ अंकले पछाडि परेको अमिता र रसिलाको जोडी दोस्रो सेटमा पनि २१-१ ले पराजित हुन पुगे। दक्षिण कोरियाली जोडीले लगातार १८ अंक बटुल्दासम्म पनि कमजोर प्रदर्शन गरेको नेपाली जोडीले भने खातासम्म खोल्न सकेको थिएन। दक्षिण कोरियाली जोडीले खेल जित्न दुवैै सेटमा आठ÷आठ मिनेटमात्र समय खर्चिएका थिए।

थ्री बाइ थ्री बास्केटबलमा सिरियाविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल (रातो) । अन्नपूर्ण

नेपालका अनुभवी खेलाडी रत्नजित तामाङ पुरुष एकल स्पर्धाको पहिलो चरणमै पराजित हुन पुगे। उनको पहिलो खेल पनि दक्षिण कोरियाली प्रतिद्वन्द्वीसँगै परेको थियो। रत्नजितलाई दक्षिण कोरियाका सन वान होले ८-२१, ११-२१ को सोझो सेटमा पराजित गरे।

यसैगरी पुरुष एकलतर्फकै अर्को खेलमा नेपालका विकास       श्रेष्ठ पनि पराजित भए। जापानका मोमोता केन्तोले विकासलाई पहिलो चरणको खेलमै २-० को सोझो सेटमा पाखा लगाए। उक्त खेलमा मोमोतो २१-९, २१-१० ले विजयी भएका थिए।

थ्री बाई थ्री बास्केटबलमा भने शुक्रबार नेपाली टोलीले दुईवटा सफलता हात पा¥यो। पहिलो खेलमा नेपालले माल्दिभ्सबाट वाकओभर पायो। अर्को खेलमा नेपालले जोर्डनमाथि २१-१० को जित हासिल ग¥यो। सोही दिन भएको अर्को खेलमा भने नेपाली टोली सिरियासँग १९-२१ ले पराजित हुन पुग्यो।

यसैगरी पुरुष भलिबलमा पनि नेपाली टोली दक्षिण कोरियासँग पराजित भयो। समूह ‘डी’ बाट प्रतिस्पर्धा गरिरहेको नेपाली टोलीलाई दक्षिण कोरियाले ३-० को सोझो सेटमा हरायो। उक्त खेलमा दक्षिण कोरिया २५-१६, २५-१३, २५-१४ अंकले विजयी भएको थियो।

यसैगरी पौडीको महिला ५० मिटर फ्रिस्टायल स्पर्धामा नेपालकी गौरिका सिंह र टिशा शाक्य हिट चरणबाटै बाहिरिए। हिट तीनको लेन एकबाट प्रतिस्पर्धा गरेकी गौरिका सहभागी आठ खेलाडीमध्ये सातौं स्थानमा आइन्। १६ वर्षीया गौरिकाले निर्धारित दूरी २८.५० सेकेन्डमा पूरा गरिन्। आफ्नो हिटमा पहिलो हुने चीनकी लिउ झिङभन्दा उनी ३.३६ सेकेन्डले पछाडि परिन्।

महिला डबल्समा दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्दै नेपालका रशिला महर्जन र अमिता गिरी । अन्नपूर्ण

सोही स्पर्धामा अर्की नेपाली खेलाडी टिशा आठौं तथा अन्तिम स्थानमा रहिन्। १५ वर्षीया टिशाले निर्धारित दूरी पूरा गर्न २९.६१ सेकेन्ड समय खर्चिएकी थिइन्। सन् २०१७ मा अमेरिकामा भएको वल्र्ड जुनियर च्याम्पियनसिपमा भने टिशाले सोही दूरी पार गर्न ३०.७४ सेकेन्ड समय खर्चिएकी थिइन्।

यसैगरी शुक्रबार नै भएको पुरुष ५० मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा पनि नेपाली खेलाडी शुभम       श्रेष्ठ हिट चरणबाटै बाहिरिए। हिट दुईको लेन एकबाट प्रतिस्पर्धा गरेका १७ वर्षीय शुभमले निर्धारित दूरी पार गर्न ३२.४५ सेकेन्ड समय खर्चिएका थिए।

उक्त स्पर्धामा सहभागी आठ खेलाडीमध्ये सातौं स्थानमा आएका शुभम आफ्नो हिटमा पहिलो हुने जोर्डनका खेलाडी अलवीर आम्रोभन्दा २.८७ सेकेन्डले पछाडि परेका थिए। उक्त स्पर्धामा पाकिस्तानी खेलाडी आठौं स्थानमा रहे। शुभमले सन् २०१७ मा हंगेरीको बुढापेस्टमा भएको वल्र्ड च्याम्पियनसिपमा सोही दूरी ३२.५० सेकेन्डमा पार गरेका थिए।

यसैगरी आर्चरीको रिकर्भ मिक्स टिम स्पर्धाको इलिमिनेसन राउन्डमा कीर्गिस्तानले नेपाललाई ५-४ ले पराजित ग¥यो। स्पोर्ट्स क्लाइम्बिङको पुरुष कम्बाइन्ड क्वालिफिकेसन बोल्डरिङमा नेपालका पेम्बा शेर्पा २२औं र प्रनीलमान       श्रेष्ठ २३औं स्थानमा रहे। सो स्पर्धामा २३ जना खेलाडी सहभागी थिए। फेन्सिङको पुरुष फोइल टिम स्पर्धाको प्रिक्वार्टरफाइनलमा फिलिपिन्सले नेपाललाई ४५-३ ले हरायो।

‘जस र अपजसको भागीदार हुन्छु’

केशवकुमार विष्ट, राखेप सदस्यसचिव

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपाली टोलीको जित र हार दुवैको जस वा अपजसको भागीदार बन्न आफू तयार रहेको बताएका छन्। १८औं एसियाडमा विष्ट नेपाली टोलीका सेभ अफ दी मिसन (टोली नेता) पनि हुन्।

जारी एसियाडमा निकै आशा गरिएको खेल तेक्वान्दोमा नेपाली खेलाडीले निराशाजनक प्रदर्शन गरेपछि पदक तालिकामा नेपालको उपस्थितिको विषयलाई लिएर सञ्चारकर्मीले अघि सारेको प्रश्नको जवाफमा सदस्यसचिव विष्टले भने, ‘जिम्मेवार पदमा बस्ने व्यक्तिले राम्रो र नराम्रो दुवै कुराको भागीदार बन्नै पर्छ। त्यसलै यो एसियाडमा पनि नेपाली खेलाडीको हार र जित दुवैको जस वा अपजसको नैतिक जिम्मेवारी सबैभन्दा पहिले मैले नै लिने हो।’

उनले एसियाली खेलकुदजस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितापछि आफ्ना खेलाडीको प्रदर्शनदेखि लिएर सबै पक्षमा गहन विश्लेषण हुनु आवश्यक रहेको धारणा पनि व्यक्त गरे। ‘हरेक ठूला अन्तर्राष्ट्रिय प्रतियोगितापछि सम्बन्धित खेल संघदेखि लिएर जिम्मेवार पदाधिकारीले समेत आफ्नो खेल र खेलाडीको प्रदर्शनको विषयमा गहन विश्लेषण गर्नु आवश्यक छ’, शुक्रबार १८औं एसियाडको मुख्य मिडिया सेन्टरनजिकै रहेको कभर्डहलमा ब्याडमिन्टन हेर्न आएका विष्टले भने, ‘एसियाडबाट फर्किएपछि यस विषयमा छलफल हुनेछ र यसले हामीलाई भविष्यमा आफ्नो कमीकमजोरी सुधार्न पनि सहयोग पु¥याउनेछ।’

सदस्यसचिव विष्टले जारी एसियाडमा नेपालले पदक जित्ने सम्भावना कायमै रहेको दाबी पनि गरे। उनले नेपाली टोली कुनै एक खेलमा मात्र पदकको भर परेर एसियाड यात्रामा नहोमिएको धारणा पनि व्यक्त गरे। ‘कुनै एउटा खेलमा पदक आएन भनेर आत्तिनुपर्ने अवस्था छैन। पदक जित्ने सम्भावना रहेका अरू थुप्रै खेल बाँकी नै छन्। हामी कुनै एक खेलको मात्र भर परेर एसियाड यात्रामा निस्किएका होइनौं’, उनको कथन थियो।

कराँते, बक्सिङ, जुडोजस्ता खेलका स्पर्धा बाँकी नै रहेकाले जारी एसियाडमा नेपालको पदक जित्ने सम्भावना कायमै रहेको टोली नेता विष्टको दाबी छ। उनले एसिया महादेशमा विश्व खेलकुदकै थुप्रै शक्तिशाली राष्ट्रको उपस्थिति रहेकाले नेपाली खेलाडीका लागि एसियाली खेलकुद पदक जित्नेभन्दा पनि आफ्नो प्रदर्शनमा थप निखार ल्याउने अवसर भएको प्रतिक्रिया दिए।

‘एसियाली खेलकुदमा ओलम्पिकमा समेत तहल्का मच्चाउने चीन, जापान, कोरियाजस्ता शक्तिशाली राष्ट्रहरूको सहभागिता रहन्छ। त्यसैले हाम्रा खेलाडीका लागि यो प्रतियोगिता पदक जित्नेभन्दा पनि आफूभन्दा बलिया प्रतिद्वन्द्वीसँग भिडेर आफ्नो प्रदर्शनमा निखार ल्याउने महŒवपूर्ण अवसर हो। यद्यपि हामीले यस्ता प्रतियोगितामा समेत पदक जित्ने लक्ष्यलाई भने भुल्नु हुँदैन’, जारी एसियाडमा २९ वटा खेल सहभागी गराइएको विषयमा सदस्यसचिव विष्टको तर्क थियो।

सदस्यसचिव विष्टले १८औं एसियाडमा नेपाली खेलाडीको सहभागितालाई निकट भविष्यमा आफ्नै देशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रूपमा लिइएको पनि बताए। ‘हाम्रा खेलाडीको लागि यो एसियाड १३औं दक्षिण एसियाली खेलकुदको तयारी गर्ने अवसर हो। पक्कै पनि यो सहभागिताले सागमा हामीलाई फाइदा पुग्नेछ’, उनले भने।

उनले खेलकुद क्षेत्रको विकासमा सरकारको लगानी नै कम भएको दुःखेसो पनि पोखे। ‘कुल बजेटको एक प्रतिशत हिस्सा पनि खेलकुदको भागमा पर्दैन। भौतिक पूर्वाधारदेखि लिएर खेलाडीको दीर्घकालीन तयारीका लागि समेत बजेट अपर्याप्त छ। राज्यले गरेको लगानीलाई आधार मान्ने हो भने हाम्रा खेलाडीले एसियाडजस्तो ठूलो प्रतियोगितामा निकै राम्रो प्रदर्शन गरेका हुन्’, विष्टको कथन थियो, ‘अवस्था यस्तै निराशाजनक रहने हो भने भविष्यमा पनि हामीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको आशा नगरे हुन्छ।’

विष्टले नेपाली खेलकुदलाई नतिजामुखी बनाउन प्रशिक्षक र प्रशिक्षण विधिमा समेत परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे। उनले भने, ‘राष्ट्रिय खेलकुद परिषद्मा स्थायी प्रशिक्षक राख्ने प्रावधान नै गलत छ। प्रशिक्षकलाई राम्रो सेवा सुविधा दिएर निश्चित समयका लागि करारमा राख्नुपर्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याउन सके करार थप्ने, खराब नतिजा ल्याए जिम्मेवारीबाट अवकाश दिने परम्परा सुरु गर्नु आवश्यक छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.