३८ मुलुकबाट सगरमाथा आरोहण

३८ मुलुकबाट सगरमाथा आरोहण

 काठमाडौं : यो वर्ष धेरै मुलुकका आरोहीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। यो वसन्त ऋतुमा नेपालसहित ३८ मुकुलका आरोहीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ। विश्वका २५ राष्ट्रमा हिमाल छन्। तर यो वर्ष ३८ वटा मुकुलका आरोहीले सगरमाथाको आरोहण गर्दा नेपाललाई पर्वतारोहणले चिनाएको पुष्टी भएको विभागका सूचना अधिकारी मीरा आचार्यले बताइन।

 विभागको तथ्यांक अनुसार यो वसन्तऋतुमा मात्र अस्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, बुल्गेरिया, क्यानाडा, चिली, चीन, चेकरिपब्लिक, डेनमार्क, फ्रान्स, हङकङ, भारत, आइरल्याण्ड, इस्लामिक रिपब्लिक अफ इरान, इटाली, जापान, काजस्तान, मलेसिया, म्याक्सीको, मंगोलिया, न्यूजिल्याण्ड, नर्वे, पोल्याण्ड, रिपब्लिक अफ आइरल्याण्ड, रसियन फेडेरेसन, सिंगापुर, साउथ अफ्रिका, साउथ कोरिया, स्पेन, श्रीलंका, स्वीडेन, स्वीजरल्यान्ड, अमेरिका, बेलायत, युक्रेन, हङगेरीका आरोहीले सगरमाथा आरोहण गरेका छन्। आरोहणमा आउनेमध्ये सबै भन्दा धेरै अमेरिका ६४, भारत ५९, चीनका ५५ जना छन्।

दुई वर्ष भित्रमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पर्वतारोहण क्षेत्रबाट सहयोग पुर्‍याउने विभागको दाबी छ। पर्वतारोहणलाई व्यवस्थित गरी नयाँ कार्यक्रम अघि सार्न पर्वतारोहण व्यवसायीको माग छ। सबै भन्दा धेरै पर्यटक पर्वतारोहण र पदयात्राका लागि भित्रिने गरेको विभागको तथ्यांक छ। गत वर्ष ९ लाख ४० हजार दुई सय १८ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। नेपालमा तारे होटल एक सय २६ र पर्यटक स्तरका होटल नौ सय ७७ वटा मात्र रहेकोले पर्याप्त नभएको व्यवसायीको भनाइ छ।

यो वसन्त ऋतुमा पाँच सय ११ पुरुष र ५२ जना महिला गरी पाँच सय ६३ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यो वर्ष ३४ विदेशी र चार नेपाली आरोहण दलका हाइअल्टीच्यूट वर्कर, गाइड र आरोहीसहित आठ सय ५५ जनाले अनुमति लिए पनि दुई सय ९२ जनाले आरोहण गर्न सकेन। विभागबाट यो वर्ष २८ हिमालका लागि एक सय ६ आरोहण दलबाट आठ सय ४१ जनाले आरोहणका लागि राजश्व बुझाएर अनुमति लिएको थिए। तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथाको सफल आरोहणदेखि हिमालसँग मानवीय सम्बन्ध आधिकारिक रूपमा जोडिएदेखि सोलुखुम्बुका कामीरिता शेर्पाले सबै भन्दा धेरै २३ पटक सफल आरोहण गरी सकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.