कालोपत्रे उप्किएर हिलाम्मे

कालोपत्रे उप्किएर हिलाम्मे

धनगढी : धनगढी उपमहानगरपालिकाका केही वडामा मनपरी तवरले वर्षायाममा ग्राभेल भएको छ । उपमहानगरपालिका–२ अन्तर्गतका पक्की सडकमा परेका खाल्डाखुल्डी अहिले पुरिएका छन् ।

बर्सातअघि नै खाल्डाखुल्डी पुर्न ध्यान नदिएको वडा कार्यालयले ३० प्रतिशत बढी महँगोमा ग्राभेल किनेर सडकमा खाल्डाखुल्डी भरेको छ । नदीजन्य पदार्थ उठाउन असार १ गतेदेखि भदौ मसान्तसम्म बन्द गरिएको छ । यो समयमा निर्माण व्यवसायीले स्टकमा रहेका नदीजन्य सामग्री महँगोमा बिक्री गर्ने गरेका छन् ।

वैशाख र जेठमा प्रतिघनमिटर ६ सय रुपैयाँमा पाइने ग्राभेल सामग्री अहिले ९ सय रुपैयाँमा किनेर पक्की सडकका खाडल पुरिन थालिएका हुन् । प्रतिघनमिटर नौ सय रुपैयाँमा ग्राभेल किनेर खाल्डाखुल्डी भरेको वडाध्यक्ष नरबहादुर बमले स्विकारे ।

उनले सडकमा खाल्डाखुल्डी भएपछि जनताले माग गरेको र महँगोमा भए पनि सडकमा ग्राभेल हालेको बताए । उद्यपि, यसअघि भने उक्त सडक एडीबीको ऋण सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत परेको भन्दै कुनै पनि मर्मत कार्य अगाडि बढाइएको थिएन ।

वडा कार्यालयले ट्राफिक चौराहदेखि जिल्ला शिक्षा कार्यालय हुँदै सन्तोषी टोलको चर्चसम्म ग्राभेल गरेको छ । त्यस्तै, तिल्केताल, एभरेष्ट स्कुल क्षेत्रमा पनि ग्राभेल गरिएको छ । कार्यालयले अहिलेसम्म ६४ ट्र्याक्टर ट्राली ग्राभेल हालेको जनाएको छ । वडा कार्यालयले प्रतिट्रली ३ हजार ६ सय रुपैयाँका दरले २ लाख ३० हजार ४ सय बजेट खर्च गरेको छ ।

यति नै ग्राभेल जेठ मसान्तसम्म गरेको भए एक लाख ६० हजार ४ सय बजेटमै सम्पन्न हुने स्थानीयले बताएका छन् । सडकमा जेठअघि नै खाल्डाखुल्डी थिए । त्यो बेला एडीबीअन्तर्गतका सडक भन्दै कुनै ध्यान नदिएको वडा कार्यालयले अहिले भने ३० प्रतिशत बढी रुपैयाँ खर्च गरेर सडकमा ग्राभेल गरेको छ ।

अहिले स्टक रहेको नदीजन्य सामग्री किन्नुपरे जिल्ला समन्वय समितिले त्यसको प्रमाणित गर्नुपर्ने व्यवस्था रहेको जिल्ला समन्वय समितिका सदस्य टेकबहादुर बुढाले बताए । ‘नदीजन्य सामग्री ३ महिना रोकिएको छ’, उनले भने, ‘बिक्री गर्ने मान्छेले आफ्नो सामान स्टक रहेको र नदीबाट तत्काल नउठाइएको भनेर प्रमाणितसमेत गर्नुपर्ने व्यवस्था छ ।’

वडाध्यक्ष बमले त्यसबारे कुनै जानकारी नभएकोे र आफैं सम्बन्धित व्यक्तिसँग सम्पर्क गरेर ग्राभेल किनेको दाबी गरे । बिक्री गर्ने चक्र बमले  श्रीपुरमा रहेको क्रसरबाट ल्याएर वडा नम्बर २ लाई ग्राभेल दिएको बताए । ठुल्ठूला ढुंगा प्रयोग गरी गुणस्तरहीन ग्राभेल हालिएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.