क्यान्टिलिभर पुलमा पहिरो

क्यान्टिलिभर पुलमा पहिरो

गोरखा : भूकम्पसँगैको पहिरोले हिमालपारिको चुम्चेतस्थित सर्दीभीरमा अजंगको पहिरो गयो । पहिरोले साविक चुम्चेत र छेकम्पार गाविसका बासिन्दा आवतजावत गर्ने पदमार्ग बुढीगण्डकीमा मिलाइदियो । दुई गाविसका बासिन्दा भीरमा डोरी टाँगेर डोरीमा झुण्डेर हिडडुल गर्न थाले । यसबारे अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएपछि बेलायतको सहयोगी संस्था युकेएडले भित्तामा टाँसेर बनाइने प्रविधिको पुल (क्यान्टिलिभर पुल) निर्माण गरिदियो ।

नेपालमै पहिलो पटक निर्माण भएको चुमनुब्री गाउँपालिका ६ सर्दीभिरको क्यान्टिलिभर पुल पहिरोले क्षतिग्रस्त भएको छ । डेढ वर्षअघि भीर खोपेर बनाइएको नयाँ प्रविधिको मानिने सो पुलका विभिन्न भागमा पहिरोसँगै खसेको ठूल्ठूला ढुंगाले क्षति पु¥याएको चुम्चेतका लाक्पा छिरिङ लामाले बताए । पुल क्षतिग्रस्त भएपछि चुम्चेत र छेकम्पारका करिब सातसय घरधुरीका बासिन्दा जोखिम यात्रा गर्न बाध्य छन् । ‘पुलको दुई ठाउँमा गरी करिब १२ मिटर भागमा क्षति पुगेको छ’, लामाले भने, ‘पुलको डेक र छेउको पोल भाँचिएको छ । भाँचिएको ठाउँमा खच्चड गोठालाले ठूला ढुंगा र काठको फलेक राखेर हिँड्न मिल्ने बनाएर ओहोरदोहोर गरेका छौं ।’ भीरबाट खसेको पहिरोले पुलको छेउको भाग लतारिएको र बार पनि भाँचिएको उनले बताए ।

भीरबाट झरेको ढुंगाले पुलको बार पनि भाँचेको छ । ‘छेउको बार भाँचिएको छ । पुल कोल्टिएको छ’, उनले भने ‘मान्छे हिँड्ने ठाउँमा फलेक राखेर हिँड्दा पनि खसिन्छ कि भन्ने डर हुन्छ ।’ सो ठाउँ मनास्लु पर्यटन पदमार्गमा पर्छ । पुल जोखिम भएपछि साविक चुम्चेत र छेकम्पारका बासिन्दा र चुमभ्याली घुम्न जाने पर्यटकलाई समस्या भएको छ । मान्छे जोगिँदै हिँड्न सकेपनि खच्चड हिँडाउन गाह्रो परेको चुमनुब्री ४ का वडाध्यक्ष लोप्साङ लामाले बताए । ‘सर्दीभीरबाट ठूलाठूला ढुंगा पनि खसिरहन्छ’, लामाले भने, ‘पूरै पुल नै जान्छ कि भन्ने पिर छ । पुलबाट खस्यो भने सिधै बुढीगण्डकीमा पुगिन्छ ।’

अहिले क्षति पुगेको भागको मर्मतका लागि पहल गरेको गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले बताइन् । ‘मर्मत गर्न यहाँ तालिम पाएका मान्छे पनि छैनन् । उपकरण पनि छैनन्’, उनले भनिन्, ‘गाउँपालिकाको खर्चले मात्र मर्मत गर्न सक्ने अवस्था छैन । पुल जडानको काम गरेका इन्जिनियरलाई खबर गरेका छौँ ।’ बेलायतको दातृ संस्था युकेएडको आर्थिक सहयोगमा नेपाल बजार विकास कार्यक्रमले ४ करोड १५ लाख लगानी गरी १२७ मिटर लामो पुल बनाइएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.