भारतको धारचुलामा पाँच किलो चरेससहित नेपाली पक्राउ

भारतको धारचुलामा पाँच किलो चरेससहित नेपाली पक्राउ

दार्चुला :  पाँच किलोग्राम चरेससहित एकजना नेपाली भारतको धारचुलामा पक्राउ परेका छन् । उत्तराखण्ड प्रहरीले धारचुलाको घट्टेधारको माथि टिभिटावरको नजिकबाट ४२ वर्षीय बल्देवसिह महरलाई शुक्रबार  पक्राउ गरेको हो ।

 दार्चुला जिल्ला  महाकाली नगरपालिका वडा नम्बर ३ बाँजका वासिन्दा रहेका महरको साथबाट ४ किलो ८ सय २५ ग्राम चरेश उत्तराखण्ड प्रहरीले बरामद गरेको छ । 

उत्तराखण्ड प्रहरीले धारचुलामा पक्राउ गरेकाले भारतकै कानुन अनुसार कारवाही हुने दार्चुला प्रहरीका प्रवक्ता हिक्मतवहादुर बोहराले बताए । महरसंगै धारचुला तहसिलअन्तर्गतको खेला गाँउका एकजनालाई  पनि पक्राउ गरिएको थियो । तर घटनामा संलग्न नभएको भन्दै उनलाई  छोडिएको  र चरेससहित समातिएका महरलाई भने थप अनुसन्धानका लागि शुक्रबार  पिथौरागढ पठाइएको उत्तराखण्ड प्रहरीले जनाएको  छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.