दाजुको वंशनाश गरेर शव गायब !

दाजुको वंशनाश गरेर शव गायब !

राजविराज : दाजुको वंशनाश गरेको आरोपितसहित पाँच जना पुर्पक्षका लागि थुनामा परेका छन् ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको आदेशले राजविराज नगरपालिका–१५ मुसर्नियाका मुर्जा भनिने पञ्चदेव साह, उनकी पत्नी प्रमिलादेवी साह, उनका भाइ विराटनगर–११ बस्ने सत्यनारायण साह, राजविराज–१५ का धर्मेन्द्र साह र थापा भनिने जिवछ साह राजविराज कारागारमा थुनामा परेका हुन् । घटनामा संलग्न थप सात जना पक्राउ परेका छैनन् ।

सप्तरीका डीएसपी भावेश रिमालका अनुसार आरोपितले सूर्यनारायण साहसहित उनकी चार महिनाकी गर्भवती पत्नी बेचनीदेवी र डेढ वर्षीया छोरी प्रतिभाको योजनाबद्ध तरिकाले हत्या गरेको बयान दिएका छन् । ‘योजनाअनुसार जेठ २६ गते गाउँनजिकै सूर्यनारायणलाई बोलाएर रक्सी खुवाइएछ’, डीएसपी रिमालले भने, ‘उनी मात्तिइसकेपछि पिसाब फेर्न गएका बेला चक्कुले प्रहार गरी अनि छोरीको घाँटी थिचेर हत्या गरेको पाइयो । त्यसपछि घरमा सुतिरहेकी बेचनीदेवीको पनि सोही रात घाँटी थिचेर हत्या गरी शौचालयको सेफ्टी ट्यांकीमा फालियो । गाउँमा दुर्गन्ध फैलिएपछि भदौ १ गते उत्खनन गर्दा बेचनीको सडेगलेको शव फेला प¥यो ।’

बेचनीका बुवा छिन्नमस्ता–६ खुदीभखारीका रामकुमार साहले छोरीको शव फेला परेदेखि नै ज्वाइँ र नातिनीको पनि हत्या गरेर आरोपितले शव बेपत्ता बनाएको दाबी गरेका थिए । प्रहरीले भने उनको दाबीप्रति विश्वास गरेको थिएन । तर, उनले प्रहरी कार्यालय धाउन नछाडेपछि प्रहरी अनुसन्धान अघि बढाउने टुंगोमा पुगेको थियो । पञ्चदेव पक्राउ परेपछि प्रहरीले घटनाको पत्ता लगाएको हो ।

प्रहरीले साउन ३ गते पुनः उजुरी लिएर नयाँ ढंगले अनुसन्धान थालेको थियो । सूर्यनारायण र प्रतिभाको शव अझै फेला नपरेको जनाइएको छ । आरोपितका अनुसार जेठ २६ गते बाबु–छोरीको हत्या गरी कोसी पश्चिमी नहर र खाँडो खोलाको दोभानमा रहेको सुरुङमा शव फालिएको थियो ।

२०४७ सालमा मृत्यु भएका भनिएका सूर्यनारायण २०७२ असार ११ गते घर फर्किएपछि सम्पत्तिमा अंश भाग लगाउनुपर्ने चिन्ताले भाइबुहारी पिरोलिएका थिए । परिवारका सदस्य तयार नभएकाले सूर्यनारायण र बेचनीको नागरिकता बन्न पाएको थिएन । यस विषयमा सूर्यनारायण र पञ्चदेवबीच विवाद हुन थालेको थियो । विवाद बढ्दै गएपछि गाउँले भेलाले असार २ गतेभित्र नागरिकता बनाइदिनुपर्ने निर्णय गरेको थियो ।

नागरिकता बनाउनुपूर्व नै सूर्यनारायणको परिवारै सिध्याएर सम्पूर्ण सम्पत्ति एकलौटी बनाउने लोभमा पञ्चदेवले हत्या योजना बनाएको प्रहरी निष्कर्ष छ । प्रहरीका अनुसार सूर्यनारायणलाई भारतको पञ्जाब लगी बिक्री गरेको आरोप लागेका चलितर साहको पनि घटनामा संलग्नता छ । राम्रो काममा लगाइदिने भन्दै १० वर्षीय सूर्यनारायणलाई लगेका चलितरले एक वर्षपछि भान्जाको मृत्यु भएको खबर ल्याएका थिए । उतै सूर्यनारायणको दाहसंस्कार गरेको खबर लिई फर्किएका उनी त्यसपछि भारत गएनन् । तर, २५ वर्षपछि घर आएर सूर्यनारायणले चलितरले आफूलाई बिक्री गरेको खुलाएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.