फोटोमा हेर्नुस्, बलात्कारविरुद्ध राजधानीमा प्रदर्शन
काठमाडौं : बलात्कारसहित महिलामाथि भइरहेका जघन्य अपराध र हिंसाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। 'निर्मलाका निम्ति न्याय' ब्यानरमा 'जनताको भेला' नाममा भएको प्रदर्शनका सहभागीले महिलाहरूमाथि भएका हिंसा अन्त्यका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्।
बलात्कारसहित विभिन्न जघन्य अपराधका घटनाको प्रभावकारी अनुसन्धान गर्न सरकार चुकेको उनीहरूले आरोप लगाए।
काठमाडौंको माइतिघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर सकिएको छ।
हेर्नुस् अन्नपूर्णका दिपेन श्रेष्ठले खिचेका केही फोटोहरू।
प्रदर्शनकारीले सडकमै नाटक समेत देखाएका थिए।