निर्मला हत्या प्रकरण : कैलालीमा प्रदर्शन
धनगढी : निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै कैलालीमा पनि आन्दोलन सुरु भएको छ। प्रदेश नम्बर ७ कै प्रवेशद्वारा रहेको अत्तरिया बजारमा स्वस्फुर्त रुपमा स्थानीयले नाराजुलुस गर्दै बजार र यातायात बन्द गराएका छन्।
अत्तरिया बजार बन्द छ भने यातायात बन्द भए पनि कैलाली र कञ्चनपुरबाट प्रदेश नम्बर ७ का पहाडी जिल्लामा चल्ने यातायात ठप्प छ।
संघीय राजधानी र पूर्वी रुटमा चल्ने सवारी साधान पनिबन्द भएका छन्। अत्तरियामा विद्यार्थी, स्थानीय महिला पुरुषले नाराबाजी गर्दै जुलुस निकालेका हुन्। शनिबार बिहान ८ बजेदेखि अत्तरिया बजारमा बन्द गरिएको हो।