‘बालिकाका हत्यारासँगै हिंसा भड्काउनेलाई पनि कारबाही हुन्छ’

‘बालिकाका हत्यारासँगै हिंसा भड्काउनेलाई पनि कारबाही हुन्छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाबारे उत्पन्न परिस्थितिबारे ध्यानआकर्षण गर्न आएका नेपाल कम्युनिस्ट पार्टीका कैलाली र कञ्चनपुरका सांसद र तथा पार्टीका केन्द्रीय सदस्यसँग कुरा गर्दे प्रधानमन्त्री ओलीले यसो भनेका हुन् । 

प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीर रुपमा लिएकोले छानविन समिति गठन गरेर काम अघि बढाएको बताए । ‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भीर छ’, उनले भनेका छन्, ‘यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’

घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कानुन अनुसार कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताए । 

‘बालिकाको बलात्कार गरी  हत्या गर्ने,आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ’, उनले भने, ‘यसमा सरकारले कुनै कसर बाँकी राख्दैन ।’ प्रधानमन्त्ती ओलीले घटनालाई राजनीतिकरण गर्नेहरुबाट सजग हुन आग्रह गरेका छन् । 

नेकपाका स्थायी समिती सदस्य भीम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पमकमल दाहाललाई बालुवाटारमा भेटेर घटनाबारे जानकारी गराउँदै दोषी पत्ता लगाइ कारबाही गर्न माग गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.