रौतहटमा डुंगा दुर्घटना : पाँच जना बेपत्ता, १९ जना भेटिए

रौतहटमा डुंगा दुर्घटना  : पाँच जना बेपत्ता, १९ जना भेटिए

गौर : रौतहटको गौर नगरपालिका– ४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ भएको  डुंगा दुर्घटनाको घटनामा पाँच जना हराइरहेका छन। डुंगामा कति सख्यामा यात्रुहरु थिए भन्ने एकिन नभएपनि  डुंगामा सवार पाँच जना हराइरहेको भन्दै खोजतलासको लागि आफन्तहरु प्रहरी कार्यालयमा पुगेका छन्। १९ जना यात्रु भने परीवारको सम्पर्कमा आइपुगेका छन्।

घाँस काटेर तथा खेतमा काम गरेर इसनाथ नगरपालिकाको बन्जाराहा तर्फबाट गौर तर्फ आउँदै गरेको डुंगा पल्टिएको हो। टिकुलिया घाटमा निमार्ण भइरहेको पुलको पिलरमा डुंगा ठोक्किएर पल्टिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। उक्त स्थानमा विगत तीन बर्ष अघि देखि पक्कीपुल निमार्ण भइहेको छ।

 पौडिएर बाच्न सफल डुंगा चालकले नदीको बिच भागमा रहेको निमार्णाधिन पुलको पिलरमा डुंगा ठोेक्किएपछि पल्टिएको बताएका छन्। गौर ४ टिकुलियाका स्थानीय जयप्रकाश साहले नदीको बिच भागमा नै डुंगा पल्टिएको जानकारी दिए। रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले डुंगामा सवार रहेका १९ जना पौडिएर नदी बाहिर निस्कन सफल भएको बताएका छन्।

दुर्घटनामा घाइते भएकाहरुको गौर अस्पतालमा उपचार भइरहेको छ। आइतबार बिहानैदेखि हराइरहेकाहरुको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ। बेपत्ताहरुको खोजीका लागी सबै किसिमका उपायहरु प्रयोग गरिएको रौतहटका सिडिओ गोबिन्दप्रसाद रिजालले जानकारी दिए। 

नेपाल भारत सिमाना नजिकै डुंगा दुर्घटना भएकाले बैरगनिया स्थित भारतिय सुरक्षाकर्मीलाई पनि खोजीकार्यमा सहयोग गर्न आग्रह गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.