महेन्द्रनगर बजारमा फेरि कर्फ्यू

महेन्द्रनगर बजारमा फेरि कर्फ्यू

महेन्द्रनगर : आइतबार बिहान ५ घण्टाका लागि हटाइएको कफर्यू पुनः कायम गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडामा शुक्रबार रातिदेखि लगाएको कर्फ्यू आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाइएको भएपनि पुनः कायम गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जनैपूर्णिमा र रक्षाबन्धनलाई मध्यनजर गरेर बिहान ५ घण्टाका लागि हटाइएको कफर्यू पुनः कायम गरिएको बताए । उनले शुक्रबारदेखिको कफर्यूले जनजिवन समेत प्रभावित भएपछि केही खुकुलो पारिएपनि फेरि यथावत नै रहेको जानकारी दिए ।

‘परिस्थिती हेरेर कफर्यू खुकुलो पार्दै जाने छौं’उनले भने,‘ सुरक्षा समितिको बैठकले आवश्यकता हेरेर खुकुलो बनाउने र हटाउने विषयमा निर्णय गर्नेछ।’ १३ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको विषयलाई लिएर आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले बिहीबारसाँझदेखि नै कर्फ्यू आदेश जारी गरेको थियो । शुक्रबार बिहान कर्फ्यू हटेपछि दिउँसो फेरि आन्दोलन चर्किएको थियो । 

शुक्रबार साँझपख एक्कासी आन्दोलन हिंसात्मक बन्न पुगेपछि प्रहरीले चलाएको गोली लागेर १७ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो । गोली लागेर दर्जनौं घाइते भएका थिए । आइतबार बिहान ५ घण्टाका लागि कफर्यू हटाइएको समयमा महेन्द्रनगर बजारमा सर्वसाधारणको भीड लागेको थियो । दैनिक उपभोग्य सामाग्री किनमेल गर्न, रक्षाबन्धन र जनैपूर्णिमा आवश्यक सामाग्री खरिद गर्नका लागि सर्वसाधारणको भीड लागेको थियो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.