कांग्रेस महासमिति भेला मंसिरमा

कांग्रेस महासमिति भेला मंसिरमा

काठमाडौं : कांग्रेसले मंसिर पहिलोसाता महासमिति भेला गर्ने भएको छ। कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा महासमिति भेला आयोजना गर्ने निर्णय गरेको हो। भर्खरै विद्यान मस्यौदा समिति बन्नु एवं असोजदेखि महत्वपूर्ण चाडवाड पर्ने भएकाले मंसिर पहिलो साता महासमिति भेला गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले पार्टीका सबै शीर्ष नेताहरूको समहतिमा मंसिरमा महासमिति भेला गर्ने निर्णय भएको जानकारी दिए। बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले गठन गरेको विद्यान मस्यौदा समितिप्रति असन्तुष्टि शुक्रबार डाकिएको बैठक स्थगित गरिएको थियो।

बरिष्ट नेता पौडेल समूहले मस्यौदा समितिमा जिल्ला सभापतिकोसमेत प्रतिनिधित्व गराउने माग गरेको थियो। शनिबारको बैठकले विद्यान मस्यौदा समितिमा दुईजना जिल्ला सभापतिलाई स्थायी आमन्त्रित सदस्यका रूपमा राख्ने निर्णय गरेको छ।

सभापति देउवाले गत बिहीबार महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ११ सदस्यीय विद्यान मस्यौदा समिति गठन गरेका थिए। केन्द्रीय समितिको बैठकपछि नेता अर्जुननरसिंह केसीले भने, ‘मस्यौदा समितिले राम्रोसँग काम गरोस भनेर मंसिरमा महासमिति भेला बोलाइएको हो।’

केन्द्रीय समिति बैठकले कार्यसम्पादन समितिका बारेमा भने कुनै निर्णय गरेको छैन। कांग्रेस केन्द्रीय समिति बैठक भदौ २१ मा पुनः बस्ने छ।

‘भदौ २१ मा बस्ने केन्द्रीय समिति बैठकले कार्यसम्दन र अनुशासन समितिको टुगो लगाउने गरी शनिबारको बैठक सकिएको छ’ केन्द्रीय सदस्य प्रदीप पौडेलले अन्नपूर्णसँग भने, ‘शीर्ष नेता बीचमा सहमति भएपछि यसमा निर्णय हुनेछ।’

कार्यसम्पादन समितिमा देउवाले पौडेललाई ६० र ४० प्रतिशतको रेसियोमा भागबन्डा गर्न चाहेका छन्। तर, यसमा पौडेल समूहले सहमति दिएको छैन।

मंसिर महासमिति भेलाका लागि सभापति देउवा नेतृत्वमा मूल तयारी समिति समेत गठन गरेको छ। उपसभापति विमलेन्द्र निधि नेतृत्वमा राजनैतिक प्रतिवेदन लेखन समिति, महामत्री डा.शशांक कोइराला नेतृत्वमा संगठन प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष सीतादेवी यादव संयोजकत्वमा आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वमा आर्थिक नीति र प्रचार प्रसार समिति समेत गठन गर्ने निर्णय भएको छ। ती समितिका सदस्यहरू भने पछि थपिने कांग्रेसको निर्णय छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.