पाटन कुम्भेश्वरमा जनैपूर्णिमा मेला(फोटो फिचर)
ललितपुर : आइतबार देशैभरी वैदिक सनातन धर्मावलम्बीले रक्षाबन्धन अर्थात जनैपूर्णिमा पर्व मनाइरहेका छन् । श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यस पर्वका अवसरमा पाटनको कुम्भेश्वरमा मेला लाग्ने गरेको छ।
आइतबार बिहानैदेखि कुम्भेश्वर मन्दिर परिसरमा रक्षा बन्धन बाध्ने, मन्दिरमा दर्शन गर्नेको भीड लागेको देखिन्छ । थुप्रै भक्तजनहरु यहाँ रहेका धारा र कुण्डमा नुहाइरहेका छन्। जनै लगाउनेहरुले रक्षा बन्धनका साथै जनै पनि लगाइ रहेका देखिन्छन् ।
तमाङ समुदायका व्यक्तहिरु आ–आफ्ना समूह बनाएर झाँक्रीको भेषमा हातमा ढ्यांग्रो बोकेर बजाउँदै मेला भर्न आएका देखिन्छन् । तस्बिरहरू ः सुनिता डंगोल